नेप्से परिसूचक घट्दा कारोबार रकम करिब नौ अर्बमा सीमित
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज नौ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम पनि सीमित भएको छ ।
नेप्सेका अनुसार आज ३२४ कम्पनीको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ दशमलव ९९ पुगेको छ ।
समूहतर्फ हेर्दा अन्य समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूह शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ५९, वित्त एक दशमलव ६७, होटल तथा पर्यटन एक दशमलव ८८ र जलविद्युत् समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेका छन् ।
त्यसैगरी लगानी समूह शून्य दशमलव ६४, जीवन बिमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बिमा शून्य दशमलव ३० र व्यापार समूह एक दशमलव २१ प्रतिशतले घटेका छन् ।
आज कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ३६ लाख ३६ हजार ४१३ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु