रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट व्यापारिक सामान ल्याइँदै
जलसरोकार
काठमाडौँ : भोटेकोशी नदीमा आएको बाढीले सडक, पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याउन थालिएको छ ।
हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामान वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।
सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार बाढीले तहसनहस बनाएको रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग पुनः सञ्चालन हुन समय लाग्ने देखिएपछि कोरला नाका प्रयोग गरी नेपालतर्फ सामान लैजाने काम भइरहेको छ ।
“नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रूपमा भइरहेको थियो,” उनले भने।
यसैबीच, सामान ढुवानीका क्रममा रसुवागढी–त्रिशूली सडकमार्गमा रहेका कैयौँ कन्टेनर बग्दा जनधनको क्षति भएको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध