सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
जलसरोकार
काठमाडौँ : सुपरमाई हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते बुकक्लोज गर्ने भएकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले फागुन १७ गते, आइतबार, बिहान १० बजे नक्सालस्थित लिसरा रिसेप्सन्स् प्रा.लि.मा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा मनोनित सञ्चालकहरूको अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता