रिडी पावरको हकप्रद सेयरमा आवेदनको आज अन्तिम दिन
जलसरोकार
काठमाडौं – रिडी पावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ ।
कम्पनीले फागुन १८ गतेदेखि १ः५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले माघ २२ गते बुक क्लोज गरेको छ । माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालदयबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध