रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौँ : रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन ४) अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता विदेशमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ ।
दोस्रो चरणमा २८ हजार ४४० कित्ता शेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीद्वारा प्रवद्र्धित ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ छ । आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र डिस्काउण्टमा १० वर्ष ९ महिना रहेको कम्पनीले जनाएको छ ।
उक्त आयोजनाबाट कम्पनीले २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् बिक्री गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता