माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित
जलसरोकार
रसुवा : माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको बाढी प्रभावित क्षेत्रमा बाँकी रहेका ए-१, ए-२ र डी भवनको खोजीका लागि शुक्रबार पनि दिनभर उत्खनन गरिएको छ। तर उत्खनन क्षेत्रमा पानी रहेकाले काम अपेक्षाअनुसार अघि बढ्न नसकेको र तीनवटै भवनबारे आज निष्कर्षमा पुग्न नसकिएको आयोजनाले जनाएको छ।
त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलका अनुसार बिहान करिब साढे ७ बजेदेखि साँझ करिब ५ बजेसम्म ए-१, ए-२ र डी भवन रहेको क्षेत्रमा उत्खनन गरिएको थियो।
ढुंगेलले जलसरोकारलाई पठाएको सन्देशमा भनेका छन्, “आज बिहान करिब साढे ७ बजेदेखि साँझ करिब ५ बजेसम्म ए-१, ए-२ र डी भवन रहेको क्षेत्रमा उत्खनन जारी राख्यौं। पानीको उपस्थितिले कामको गति सुस्त बनायो र आज यी भवनबारे निष्कर्षमा पुग्न सकेनौं।”
उनका अनुसार हालसम्म ती तीनवटै भवनको कुनै स्पष्ट अवशेष वा चिन्ह फेला परेको छैन। निष्कर्षमा पुग्न थप केही गहिराइसम्म उत्खनन गर्नुपर्ने भएकाले शनिबार पनि काम जारी रहनेछ।
“अहिलेसम्म तीनवटै भवनको कुनै चिन्ह भेटिएको छैन। भोलि अलि थप उत्खनन गर्नुपर्छ। आशा छ, भोलिसम्म यी भवनबारे निष्कर्षमा पुग्न सक्नेछौं,” ढुंगेलले बताएका छन्।
यसअघि आयोजनाको कार्यालय तथा बी-१ र बी-२ आवासीय भवन रहेको क्षेत्रमा गरिएको उत्खननबाट पनि भवनहरू यथास्थितिमा रहेको कुनै प्रमाण भेटिएको थिएन। त्यसपछि उत्खनन टोलीले बाँकी ए-१, ए-२ र डी भवन रहेको क्षेत्रमा खोजी केन्द्रित गरेको हो।
ए-१ र ए-२ भवन रहेको क्षेत्रको ठूलो भागमाथिबाट अहिले नदी बगिरहेकाले उत्खनन कार्य थप जटिल बनेको छ। पछिल्लो उत्खननमा पानीको उपस्थितिले समेत कामको गति सुस्त बनाएपछि बाँकी तीन भवनको अवस्थाबारे निष्कर्षका लागि थप समय लागेको हो।
ढुंगेलले आफू र उनका सहकर्मीप्रति निरन्तर साथ र सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन्। “म र मेरा सहकर्मीहरूलाई निरन्तर साथ र सहयोग गर्नुभएकोमा हामी आभारी छौं,” उनले सन्देशमा उल्लेख गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित
-
सञ्चालनसँगै काबेलीको आम्दानीमा उछाल, एक वर्षमै २७ करोड ६९ लाख रुपैयाँ नाफा
-
सुपर काबेली सञ्चालनको पहिलो वर्षमै २० प्रतिशत लाभांश, थप जलविद्युत्मा लगानी बढाउँदै हिलटन हाइड्रो
-
सञ्चालन सुरु गरेको ११ महिनामै लाभांश, अब हकप्रदबाट थप जलविद्युत्मा लगानी गर्दै काबेली
-
विद्युत् प्राधिकरणको एकाधिकारबाट प्रतिस्पर्धात्मक बजारतर्फः खुला पहुँच कार्यान्वयनका थप आधार तयार
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी भवनको खोजी जारी, ए-१, ए-२ र डी क्षेत्रमा अझै कुनै संरचना भेटिएन