जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

यस्ताे छ बागमती प्रदेशअन्तगर्तका जिल्लाहरुमा विद्युतीकरणको अवस्था (पूर्ण विवरणसहित)

जलसरोकार
मंगलबार, भदौ ११, २०८१ | १३:४७:१९ बजे

सिन्धुली
बागमती प्रदेश अन्तर्गतको सिन्धुलीमा विद्युतीकरण ९९.७६ प्रतिशत पुगेको मध्ये कमलामाई नगरपालिकामा मात्र शत प्रतिशत विद्युत् पहुँच पुगेको हो । कुल ६९ हजार ५ सय ५३ घरधुरी रहेको सिन्धुलीको दुधौली नगरपालिका ९९.९४ प्रतिशत विद्युतीकरण भएको छ । 
सिन्धुलीकै घ्याङलेख गाउँपालिकामा ९९.८५, तीनपाटन गाउँपालिकामा ९९.४४, फिक्कल गाउँपालिकामा ९९.४१, मरिन गाउँपालिकामा ९९.५०, सुनकोसी गाउँपालिकामा ९९.५५ र हरिपुरगढी गाउँपालिकामा ९९.५८ प्रतिशत विद्युतीकरण भएको छ । 


सिन्धुलीमा ३३११ केभीका सवस्टेशन भिमान, सिन्धुली, खुर्काेट, कपिलाकोट र दुधौलीमा विद्यमान छन् । खुर्काेटमा ३ एमभीएबाहेक अन्य स्थानका सवस्टेनको क्षमता ८ एमभीए रहेका छन् । 
वितरण लाइनतर्फमा ३३ केभीको १७८ किलोमिटर, ११ केभीका एक हजार १० किलोमिटर, एलटी एक हजार ३ सय ९७ किलोमिटर छन् । सिन्धुलीभरि ७ सय १५ वटा टन्सफर्मर छन् । सिन्धुलीमा वितरण चुहावट १२.९४ प्रतिशत छ । 
रामेछाप
रामेछापका ८ वटा स्थानीय निकायमध्ये सबैमा शतप्रतिशत विद्युत् पुगेको छ ।  मन्थली, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुल गंगा, दोरम्बा, लिखु र सुनापति गाउँपालिका पूर्ण रुपले विद्युतीकृत भएका छन् । 


रामेछाप जिल्लाभरि पाँच ठाउँमा ३३११ केभीका सवस्टेशन छन् । मन्थलीमा ८ एमभीएको, दोरम्बामा ३ एमभीएको, राकाथुममा १६ एमभीएको, बाम्तमिा ३ र सागुटारमा ८ एमभीएका सवस्टेशन छन् । 
त्यसैगरी वितरण लाइनतर्फ ३३ केभीका १४९ किलोमिटर, ११ केभीका ७३५ लिोमिटर, र एलटी १ हजार ३ सय २ किलोमिटर छन् । रामेछापभरि ३९५ वटा ट्रान्सफर्मर छन् । रामेछापको वितरण चुहावट ४.४१ प्रतिशत छ । 


दोलखा
कुल ४८ हजार ७ सय ९१ घरधुरी रहेको दोलखा जिल्लामा ९९.९९ प्रतिशत विद्युतीकरण भएको छ । ९ वटा स्थानीय तहमा विभाजित दोलखाको बिगु गाउँपालिकामा ९९.८८ प्रतिशत बिजुली पुगेको छ । शत प्रतिशत विद्युतीकरण भएका दोलखाका स्थानीय तहहरुमा जिरी नगरपालिका, भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी, मेलुङ, बैतश्वर र शैलुङ गाउँपालिका छन् । 


दोलखाभरि ६ स्थानमा ३३११ केभीका सवस्टेशन छन् । यसमा मकैबारीमा ११ एमभीए, जिरीमा ३ एमभीउ, किर्नेटारमा १.५ एमभीए, सिंगटीमा १.५, तामाकोसीमा ३ र नाम्दुमा ८ एमभीए क्षमताका छन् । 
दोलामा वितरण लाइनतर्फ ३३ केभीको १४२ किमि, ११ केभीका ६ सय ६७ किमि र एलटी २ हजार ६ सय ४७ किलोमिटर छन् । दोलखाभरि ५ सय ५६ वटा ट्रान्सफर्मर रहेका छन् । दोलखामा वितरण चुहावट ९.१४ प्रतिशत छ । 
सिन्धुपाल्चोक
बागमती प्रदेशमध्येमा सबैभन्दा बढी विद्युत् चुहावट रहेको सिन्धुपाल्चोक जिल्लामा विद्युतीकरण भने ९९.९९ प्रतिशत पुगेको छ । सिन्धुपाल्चोकका कुल १२ वटा स्थानीय तहमध्ये ११ वटामा शत प्रतिशत र एउटामात्र ९९.८७ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
शतप्रतिशत विद्युतीकरण भएका नगरपालिकाहरुमा चौतारा साँगाचोकगढी, बाह्रबीसे र मेलम्ची छन् । पूर्ण विद्युतीकृत भएका सिन्धुपाल्चोकको गाउँपालिकाहरुमा इन्द्रावती, जुगल, पाँचपोखरी, बलेफी, भोटेकोसी, लिसंखुपाखर, सुनकोसी, हेलम्बु र त्रिपुरासुन्दरी छन् । 


कुल घरधुरी ७० हजार ४ सय ३० रहेको सिन्धुपाल्चोकमा चौतारा र मुडेमा ८, ८ एमभीए क्षमतामा दुईवटा ३३११ केभीका सवस्टेसन छन् ।
सिन्धुपाल्चोकमा वितरण लाइनतर्फ ३३ केभीको ३२ किलोमिटर, ११ केभीको एक हजार २ सय ८ किलोमिटर र एलटी ३ हजार २ सय ४५ किलोमिटर छन् । वितरण ट्रान्सफर्मर भने जिल्लाभरि ८ सय ५८ वटा छ । चाकुमा ८ एमभीए क्षमताको ३३११ केभी सवस्टेशन निर्माणाधीन छ । 


काभ्रेपलाञ्चोक
काठमाडौं उपत्यकाको छिमेकी जिल्ला काभ्रेपलाञ्चोकमा ९९.९५ प्रतिशतले विद्युतीकरण भएको छ । कुल ९० हजार ७ सय ६ घरधुरी रहेको काभ्रेको कुल १३ स्थानीय तहमध्ये ११ वटामा पूर्ण विद्युतीकृत भएको हो ।
पाँचवटा नगरपालिका रहेको काभ्रेमा खानखोला रोशी गाउँपालिकामा मात्र शतप्रतिशत विद्युतीकरण भएको छैन । खानीखोलामा ९८.५ प्रतिशत र रोशी गाउँपालिकमा ९९.८२ प्रतिशत विद्युतीकरण छ ।
पूर्ण विद्युतीकृत भएकाहरु धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिका छन् । त्यस्तै शत प्रतिशत विद्युतीकरण भएका काभ्रेका गाउँपालिकाहरुमा मण्डन देउपुर, चौरीदेउराली, तेमाल, बेथानचोक, भुम्लु र महाभारत नगरपालिका छन् । 


विद्युत् चुहावट १२.२५ प्रतिशत रहेको काभ्रेमा ३३११ केभीको सवस्टेशन खोपासीमा रहेको छ । उक्त सवस्टेशनको क्षमता ५ एमभीएको हो । वितरण लाइनतर्फ ३३ केभीको १८ किलोमिटर, ११ केभीको ९ सय ५ किमि र एलट ि२ हजर १ सय ९८ किलोमिटर छ । काभैमा ९ सय ८१ वटा वितरण ट्रान्सफर्मर छन् । 
काभ्रेको माफीफेडमा ८ एमफीको, महाभारतमा ३ र कटुञ्जेलमा ८ एमभीए क्षमताको ३३११ केभीको सवस्टेशन निर्माणाधीन छन् । 


ललितपुर
लतिलपुर जिल्ला शत प्रतिशतले विद्युतीकरण भएको छ । ललितपुरमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाकाल गाउँपालिका पूर्ण विद्युतीकरण भएका हुन् ।


लतिलपुरमा ८ ८ एमभीए क्षमताका ३३११ केभी सवस्टेशन माल्टा र उनिचौरमा रहेका छन् । कुल घरधुरी ए लाख ४५ हजार ८ सय ६२ रहेको लतिलपुरमा ३३ केभीको वितरण लाइन १८ लिकोमिटर, १ज्ञ केभीको ४ सय २६ किमि र एक हजार ९ सय ४० किमिको एलटी लाइन रहेको छ । ललितपुरभर एक हजार ३१ वटा ट्रान्सफर्मर वितरित छन् । 


भक्तपुर
देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरमा पनि शत प्रतिशत विद्युतीकरण भएको छ । कुल घरकुरी एक लाख १६ हजार ६ सय २८ रहेको भक्तपुर गाउँपालिकारहित जिल्ला हो । भक्तपुरका चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर नगरपालिका र सूर्य विनायक नगरपालिका पूर्ण रुपमा विद्युतीकृत भएका छन् ।
भक्तपुरमा ३३ केभीको वितरण लाइन र सवस्टेशन छैन । ११ केभीको ३ सय १४ किलोमिटर र एलटी १ हजार १ सय ५ किमिको छ । भक्तपुरभरि ५२५ वटा ट्रान्सफर्मर छन् । भक्तपुरमा प्राधिकरणको कुल ग्राहक संख्ष्या ८४ हजार ६ सय ९६ छ । 


कुनै बेला विद्युत् चोरीमा उल्लेखनीय चर्चा पाएको भक्तपुरमा आजभोलि ४.५९ प्रतिशत विद्य्त चुहावट छ । भक्तपुुरभन्दा पनि सुगम रहेको थिमि वितरण केन्दू्रको वितरण चुहावट भने ९.२४ प्रतिशत छ । 


काठमाडौं
देशको संघीय राजधानी रहेको काठमाडौं पनि पूर्ण विद्युतीकरण भएको छ । कुल ५ लाख ६४ हजार ८ सय ६५ घरधुरी रहेको काठमाडौंका ११ वटै स्थानीय तहमा विद्युतीकरण भएको हो । काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, किर्तिपुर नगरपालिका, गोकर्णेवर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नरपालिका, तारकेश्वर नगरपालिलका दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका र शंकरापुर नगरपालिका शत प्रतिशत बत्ती पुगेको छ । 


काठमाडौंमा ११ केभीको वितरण लाइन एक हजार ५ सय ६७ र एलटी ४ हजार ७ सय ८७ किमि छ । काठमाडौंभरि ३ हजार ७७ वटा ट्रान्सफर्मर रहेका छन् ।


नुवाकोट
बागमती प्रदेशमा पर्ने नुवाकोट पनि शत प्रतिशत विद्युतीकरण भएको जिल्लामा पर्न आएको छ । कुल ६७ हजार ९ सय ४६ धरधुरी रहेको नुवाकाटका सबै तहमा शत प्रतिशत बिजुली पुगेको छ । विदुर नगरपालि,का बेलकोट गढी नगरपालिका, ककनी गाउँपालिका, किस्पाङ गाउँपालिका, टाडी गाउँपालिका तार्केश्वर, दुप्चेश्वर, पञ्चकन्या, लिखु, म्यागङ, शिवपुरी र सूर्य गढी गाउँपालिका सबैमा शत प्रतिशत बिजुली पुगेको हो ।


नुवाकोटको चौघडामा ८ र रातामातेमा १६ एमभीएको ३३११ केभीका सवस्टेशन छन् । नुवाकोटमा ४२ किलोमिटर ३३ केभी, ७ सय १० किमि ११ केभी र ५ हजार ३ सय ९६ किमिको एलटी छन् । नुवाकोटभरि ६ सय १४ वटा ट्रान्सफर्मर रहेका छन् ।
ककनी र भाल्चेमा ८, ८ एमभीएका दुई वटा ३३११ केभीको सवस्टेशन निर्माणाधीन छन् । 


रसुवा
नुवाकोटको छिमेकी जिल्ला रसुवामा ९९.४७ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । कुल ११ हजार २ सय ९८ घरधुरी रहेको रसुवामा रहेका पाँचवटा स्थानीय तहमध्ये शत प्रतिशत विद्युतीकरण भने एउटामा पनि भएको छैन । उत्तरगया गाउँपालिकामा ९९.८३, कालिका गाउँपालिकामा ९९.८७, गोसाईंकुण्ठमा ९९.७२, नौकुण्डमा ९९.७४ र आमाछोदिङमो गाउँपालिकामा ९९.५७ प्रतिशत विद्युतीकरण भएको हो ।


रसुवामा २५६ किलोमिटरको ११ केभी र ४३० लिोमिटरको एलटी लाइन रहेको छ । जिल्लाभर जम्मा १ सय ५४ वटा ट्रान्सफर्मर वितरित छन् । 
प्राधिकरणले कालिकामा ३३११ केभीको ३ एमभीए क्षमताको सवस्टेशन बनाउन लागेको छ । रसुवामा प्राधिकरणको १० हजार ३ सय २३ ग्राहक छन् । 


धादिङ
काठमाडौंसँग जोडिएको धादिङमा पनि ९९.९० प्रतिशत विद्यु्तीकरण भएको छ । कुल ८३ हजार १ सय ९ घरधुरी रहेको धादिङका १३ स्थानीय तहमध्ये तीनवटामा मात्र शत प्रतिशत बिजुली पुग्न बाँकी छ । 
शतप्रतिशत विद्युतीकरण भएका धादिङका स्थानीय तहहरुमा धुनीवेसी नगरपालिका, निलकण्ठ नगरपालिका, गजुरी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी, थर्के, नेत्रावती, रुवी उपत्यका, सिद्धलेख र त्रिपुरा सुन्दरी गाउँपालिकामा शतप्रतिशत बिजुली पुगेको छ । 


विकट मानिने खनायावास गाउँपालिकामा ९९.८१ प्रतिशत, बेनीघाट गाउँपालिकामा९९.७४  र रुवी उपत्यका ९८ प्रतिशत विद्युतीकरण भएको छ ।
धादिङवेसी र सल्यानटारमा ८, ८ एमभीए क्षमताका ३३११ केभीका सवस्टेशन छन् । नौबीसेमा १६.६ एमभीय र जहरेमा १६ एमभीउका ३३११ केभीका सवस्टेशन छन् ।
वितरण लाइनतर्फ धादिङमा ३३ केभीको एक सय ३५ किमि, ११ केभीको एक हजार १० किमि र एलटी २ हजार ३८५ किमि छन् । खनायासवास र बसेरीमा ८, ८ एमभीएका ३३११ केभीका दुई सवस्टेशन निर्माणाधीन छन् । 


मकवानपुर
यो जिल्लामा पनि ९९.९३ प्रतिशत विद्युतीकरण भएको छ । कुल एक लाख ७ हजार ९ सय ९ घरधुरी रहेको मकावनपुरमा एक उपमहानगर र दुई नगरपालिकामा शत प्रतिशत विद्युत् पुगेको छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर नगरपालिकाहरु पूर्ण विद्युतीकृत छन् ।
मकवानपुरको कैलास गाउँपालिकामा ९९.८८, बकैयामा ९९.८९, बागमतीमा ९९.९०, भीमफेदीमा ९९.६३, मकवानपुरगढीमा ९९.६६, मनहरीमा ९९.८७ र रक्सिराङ गाउँपालिकामा ९९.९० प्रतिशत विद्युतीकरण भएको छ ।


मनहरीमा १६.६ र मार्खुमा ८ एमभीए क्षमताका ३३११ केभीका दुई सवस्टेशन छन् । वितरण लाइनतर्फ मकनवानपुरमा ३३ केभीको ५२ किलोमिटर, ११ केभीको ९ सय ७८ किमि र एलटी २ हजार ५ सय २२ किमि छन् । मकवानपुरमा ८ सय ६२ वटा ट्रान्सफर्मर सञ्चालित छन् । 
प्राधिकरणले ८ एमभीए क्षमताका टाहा, हात्तीसुढे रराइगाउँमा ३३११ केभीका तीनवटा सवस्टेशन बनाउँदैछ । 


चितवन
कुनै बेला बिजुली चोरीमा नाम कमाएको चितवनमा शत प्रतिशत बिजुली पुगेको छ । कुल एक लाख ८७ हजार ५६ घरधुरी रहेको चितवनका सातवटै स्थानीय तहमा शत प्रतिशत बिजुली पुगेको हो ।भरतपुर महानगरपालिका, कालिका नगरपालिका, खैरहिनी नगरपालिका, मादी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकमा शत प्रतिशत विद्युत् छ । 
चनौली र पर्सामा २४.६ एमभीएका, मादीमा ११ एमभीएका र देवनगरमा २४ एमभीएका ३३११ केभी क्षमताका सवस्टेशन सञ्चालित छन् ।


वितरण लाइनतर्फ ३३ केभीको ८५ किमि, ११ केभीको एक हजार ४ सय ९५ किमि र एलटीतर्फ ५ हजार एक सय ८७ किमि छन् । चितवनभरि एक हजार ५ सय २५ वटा ट्रान्सफर्मर छन् ।
प्राधिकरणले २४, २४ एमभीएका ३३११ केभी सवस्टेशन भतरपुर र शिवघाटमा बनाउँदैछ ।  
 

प्रकाशित मिति : मंगलबार, भदौ ११, २०८१ | १३:४७:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया