यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण
जलसरोकार
काठमाडौँ, : काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।
आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्ट दुई हजार ५५१ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २९० मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली एक हजार ४८१ मतसहित अगाडि हुनुहुन्छ । नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने तीन हजार १२९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका प्रबल थापा श्रेष्ठीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का मणिराम फुँयालले २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी काठमाडौँ क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एक हजार ८४६ मतसहित अगाडि हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी काठमाडौँ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४२४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा (एमाले)का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । अन्य क्षेत्रको विवरण भने प्राप्त भइसकेको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?