यसकारण कर्णाली प्रदेशमा विद्युतको प्राविधिक चुहावट उच्च
कर्णाली प्रदेशको विद्युत् चुहावट (२१.७९प्रतिशत) जुन छ त्यो अप्राविधिक चुहावट (चोरी) होइन । कर्णाली प्रदेशका वासिन्दाले बिजुली चोरी चाहिं गर्दैनन् । यो चुहावट भनेको प्राविधिक चुहावट नै हो । बाँकेको कोहलपुरदेखि जुम्लासम्म ३३ केभीको लाइन ३ सय किमिभन्दा बढी छ । कोहलपुरबाट सुर्खेत आउँछ, सुर्खेतबाट दैलेख जान्छ । दैलेखबाट कालीकोट जान्छ र कालीकोटबाट जुम्ला जान्छ अनि मुगु जान्छ । कोहलपुरदेखि ३३ केभी लाइन कालीकोटसम्म छ । कालीकोटदेखि करिब डेढ सय किलोमिटर ११ केभीको लाइन छ । लामो लाइन भएका कारण चुहावट बढ्यो ।
आजको दुई वर्षअघि कर्णालीको विद्युतीकरण मोटामोटी ४५ प्रतिशत मात्र थियो । अहिले ७४ प्रतिशत छ । विद्युतीकरण बढ्नेबित्तिकै युनिट खपत बढ्यो । कोहलपुरबाट एक युनिट बिजुली जुम्लासम्म लैजाँदा बाटोमै धेरै नोक्सानी हुन्छ, जुन प्राविधिक चुहावट हो । खपत बढ्ने बित्तिकै चुहावट बढ्यो ।
अर्काे, दैलेख वितरण केन्द्रमा जोडिएको नौमुलेस्थित द्वारीखोला जलविद्युत् (८ मेगावाट) छ, लोडसेन्टरमै । त्यो हाइड्रको बिजुली कालीकोट, दैलेख जुम्ला जता पनि जान पायो । सुर्खेतमा पनि आयो । जहाँ उत्पादन गरेर त्यहीं दिन पाइयो भने विद्युत् चुहावट त घट्छ । गत वर्ष चलेको थियो । यो वर्ष त्यो हाइड्रोपावर चलेन, बेरिङ बिग्य्रो, जेनेरेटर बिग्य्रो । त्यो नचलेबापतको बिजुली कोहलपुरबाट ल्याउनु प¥यो । कालीकोटको रिडिङ गर्न दैलेखबाट सजिलो थियो ।
अर्काे कारण, पहिले कर्णाली प्रदेशमा ३३ केभीको लाइन कालीकोटसम्म थियो । कालीकोटमा ३३ केभीकै लाइनबाट वितरण गरिएको थियो । ३३ केभीकै लाइनमा ट्रान्सफरमर राख्यो पब्लिकलाई दियो, जहाँ जहाँ ३३ केभीको लाइन राखिएका थिए । त्यो भनेको वितरण प्रणाली उच्च भोल्टेजमा गयो, ३३ केभीमा वितरण प्रणाली भनेको उदाहरणका लागि एक मेगावाटको लाइन लियो भने ३३ केभीमा त्यसको करेन्ट २० एम्पियर मात्र हुन्छ । तर ११ केभीमा करेन्ट तीन गुणा बढी हुन्छ, भोल्टेज घट्नेबित्तिकै करेन्ट बढ्छ । ठाउँ–ठाउँमा ३३ केभीमा सप्लाइ दिएको कारण लो करेन्टमा सप्लाइ भएको हो । त्यसले गर्दा चुहावट घट्यो । अब ११ केभीमा दिएपछि भोल्टेज (पावर) घट्यो, करेन्ट बढ्यो । लस भनेको करेन्टसँग सम्बन्धित कुरा हो । आई स्क्वायरसँग रिलेटेड कुरा हो ।
हाइ भोल्टेजको वितरण प्रणाली हटाएर लो भोल्टेजमा गर्ने बित्तिकै लस बढायो ।
अर्काे कुरो, ३३ केभीको लाइन गाउँबाट गएको त्यहीं ट्रान्सफरमर राखिएको छ, त्यहीं दियो । हामीले ३३ केभी हटाएर ११ केभीको लाइन दियौं । अब सवस्टेशनबाट बिजुली तान्नुपर्छ । सबस्टेशन दस गुणा टाढा छ । दैलेखको राकममा ३३ केभीकै लाइन दिएको थियो । अब ३३ केभीको लाइन हटायौं, किनभने ट्रंक लाइनमा समस्या आयो— ठाउँ–ठाउँमा ट्रान्सफरमर राखेपछि धेरै ठाउँमा डिस्टर्ब भयो । त्यसले गर्दा ३३ केभी हटाएर ११ केभीको लाइन दिनुप¥यो । राकममा सवस्टेशन छैन, दुल्लुमा छ । दुल्लु भनेको त्यहाँबाट ३० किलोमिटर टाढा छ । ३० किलोमिटर ११ केभीको लाइनबाट राकममा सप्लाई ग¥यो । यसले गर्दा पनि चुहावट बढायो ।
गुणस्तर सुधार्ने क्रममा संरचनाहरु बनाऔं, विद्युतीकरण गर्न संरचना विस्तार गर्यौै, त्यसको चुहावट हो ।
कोहलपुरबाट ३३ केभी सुर्खेत (रामघाट) आउँछ । रामघाटबाट एउटा पूर्वतिर भेरी कोरिडरतिर लाग्छ— भेरी नदीको छेउछेउ गयो भने जाजरकोट, सल्यान, रुकम र डोल्पा छ । रामघाटबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा गुदगुदे सवस्टेशन आउँछ । त्यहाँबाट कर्णाली कोरिडरतिर लाग्छ । यो कोरिडरबाट दैलेख, कालीकोट जुम्ला जान्छ । अनि जुम्लाबाट मुगु जान्छ ।
कोहलपुरबाट रामघाट ८६ किलोमिटर, त्यहाँबाट १५० किलोमिटर कालीकोटबाट जुम्ला र मुगु ११ केभी छ । हुम्लामा ग्रीड पुगेको छैन । टेण्डर भइसकेको छ । गत वर्ष मुुगुमा ग्रीड पुग्यो । मुगुबाट सिमकोट फास्ट ट्रयाक खोलेको छ सेनाले । हामीले पनि टेढडर प्रक्रिया अघि बढाइएको छ ।
अर्काे समस्या के छ भने ३३ केभी लाइनको ‘राइट अफ वे’ (मार्गाधिकार) मोटामोटा न्यूनतम ६ मिटर चाहियो । सबै लाइन जंगलबाट गएको छ । आईई गर्दा पनि वन धेरै नकाट्ने भनेर ७ मिटर नदिईकन तीन, चार मिटर मात्र दिएको छ । छेउछेउमा रुख छ । त्यो रुख काट्न दिएको छैन । हावाहुरी आयो भने त्यही लाइनमा छुने र लाइन डिस्टर्ब हुन्छ । रुखको संख्या घटाएर बाटो घटाइयो । यो अल्पकालीन भयो ।
अब मध्यकालीन रुपमा के ग¥यौं भने एउटा मात्र लाइन छ कोहलपुरबाट । अहिलेचाहिं चिसापानीबाट ३३ केभी कैलालीबाट बाबियाचौर, र त्यहाँबाट सुर्खेत ल्याइसक्र्याैं । १५, २० दिन अघि यो सफल भयो । अब कोहलपुरबाट बिग्य्रो भने यताबाट ल्याउन सकियो । पावर पनि आधा आधा ल्याउन सकियो ।
अछामको कमलबजारबाट कालीकोटसम्म ३३ केभीको १० किलोमिटर लाइन बनाउँदैछौं । त्यो लाइन भयो भने मध्यकालीन समाधान हुन्छ । तर दीर्घकालीनको लागि १३२ केभीको अपरिआर्य छ । कोहलपुरबाट सुर्खेत, सुर्खेतबाट दैलेख, दैलेखबाट जुम्लासम्मको योजना छ । त्यसमध्ये कोहलपुरबाट सुर्खेतसम्म लाइन निर्माण भइरहेको छ ७० प्रतिशत सकिइसकेको छ । एक सय ५० वटा टावरमा एक सय २५ वटा टावर बनाइसकेको छ । त्यसपछि पनि २५ किलोमिटर तानिसकेको छ, एक दुई ठाउँमा विवाद भएकाले ढीलो भएको हो । यो लाइन अब चाँडै नै बन्छ । अब सुर्खेतबाट दैलेखसम्मको टेण्डर भइसकेको छ । डिजाइन स्वीकृत भएर टावरको परीक्षण गर्ने बित्तिकै ठड्याउने काम सुरु हुन्छ । दैलेखबाट जुम्ला १३२ केभीको इस्टिमेसनको फेजमा छ ।
(कुराकानीमा आधारित)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो