विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
जलसरोकार
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामा लागू गरिएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अन्तिम उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न सकिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युत् उपभोगमा भ्याट अनिवार्य रूपमा लागू हुने भए पनि त्यसको भार उपभोक्तामा नपर्ने गरी महशुल संरचना समायोजन गर्न सकिने बताएका हुन्।
उनका अनुसार सरकारले विद्युत् नियमन आयोगलाई मूल्य समायोजनबारे आवश्यक अध्ययन गर्न र उपयुक्त विकल्प दिन अनुरोध गर्नेछ।
“विद्युत् उपभोगमा ५ प्रतिशत कर त लाग्छ नै, तर अन्तिम उपभोक्तालाई मर्का नपर्ने गरी महशुल घटाउन विद्युत् नियमन आयोगलाई सिफारिस गर्छौं,” मन्त्री वाग्लेले भने।
उनले वर्षायाममा विद्युत् उत्पादन बढी हुने भएकाले औसतमा प्रतियुनिट ५० पैसा जति मूल्य घटाउन सकिने सम्भावनासमेत उल्लेख गरे।
अर्थमन्त्री वाग्लेका अनुसार लामो समयदेखि ठूलो लगानी भएको विद्युत् क्षेत्र करको दायराबाहिर रहन नसक्ने भएकाले यसलाई समेटिएको हो। तर, उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नीतिगत समायोजन गर्ने सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै