मंगलबार पनि बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।
दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।
१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढे ।
दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे ।
व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटे ।
मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.०६, न्यादी हाइड्रोपावरको ७.५३, सीएचडीसीको ६.९३, नेपाल पुनर्बीमाको ५.८२, हिमालयन पावर पार्टनरको ५.५४, मुक्तिनाथ कृषि कम्पनीको ४.७ तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य ४.३२ प्रतिशत मूल्य बढ्यो ।
रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशत घट्यो । मानुषी लघुवित्तको ६.७, तथा जानाकी फाइनान्सको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी तथा माथिल्लो मैलुङ क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य