सेयर बजार २३ अंकले बढ्यो, परिसूचक २१७५ मा उक्लियो


काठमाडौं– सेयर बजार साताको चौथो कारोबारका दिन २३ अंकले बढेको छ । बुधबार बजार परिसूचक २३.२५ अंकले बढेको हो । आजको कारोबारसँगै बजार परिसूचक २१७५.४० विन्दुमा कायम भएको छ । आज १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ कम्पनीको सेयर मूल्य घटेको छ ।
अघिल्लो कारोबारमा ५ अर्ब ५३ करोडको सेयर खरिद बिक्री भएकोमा आज ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर ७२ हजार ७१४ पटकमा खरिद बिक्री भएको छ ।
बलेफी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कुमारी बैंक डिबेन्चर, सिक्लेस हाइड्रो,सनराइज डिबेन्चर, एनआइसी एशिया लघुवित्त लगायतका कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परे । २३ अंकले बजार विकास बैंक समूह ०.२९ प्रतिशतले घटेको छ । बाँकी समूहको सेयर मूल्य बढेको छ । आज बैकिङ समूह सबैभन्दा धेरै १.६९ प्रतिशतले बढ्यो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
-
साता कारोबारको पहिलो दिन सयर बजार बढ्यो
-
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
भौतिक संरचना पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन
-
असोज मसान्तसम्म राजस्व लक्ष्यको ७८ प्रतिशत मात्र प्राप्त
-
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?