सेयर बजार २३ अंकले बढ्यो, परिसूचक २१७५ मा उक्लियो
जलसरोकार
काठमाडौं– सेयर बजार साताको चौथो कारोबारका दिन २३ अंकले बढेको छ । बुधबार बजार परिसूचक २३.२५ अंकले बढेको हो । आजको कारोबारसँगै बजार परिसूचक २१७५.४० विन्दुमा कायम भएको छ । आज १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ कम्पनीको सेयर मूल्य घटेको छ ।
अघिल्लो कारोबारमा ५ अर्ब ५३ करोडको सेयर खरिद बिक्री भएकोमा आज ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर ७२ हजार ७१४ पटकमा खरिद बिक्री भएको छ ।
बलेफी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कुमारी बैंक डिबेन्चर, सिक्लेस हाइड्रो,सनराइज डिबेन्चर, एनआइसी एशिया लघुवित्त लगायतका कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परे । २३ अंकले बजार विकास बैंक समूह ०.२९ प्रतिशतले घटेको छ । बाँकी समूहको सेयर मूल्य बढेको छ । आज बैकिङ समूह सबैभन्दा धेरै १.६९ प्रतिशतले बढ्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै