सोमबार पनि झर्यो सेयर बजार
जलसरोकार
काठमाडौं: सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो ।
दुई सेक्टर अन्य र व्यापार बढे । अन्य ०.२३ र व्यापार ०.१० प्रतिशत बढे । बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.७६, लगानी ०.४५, जीवन बीमा ०.६१, उत्पादन २.०७, माइक्रोफाइनान्स ०.२७ प्रतिशत घटे । निर्जीवन बीमा स्थिर रह्यो ।
न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.८४ तथा सप्तकोशी विकास बैंकको ६.४३ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सुपर मादी हाइड्रोपावरको ८.२४, सामुदायिक लघुवित्तको ८.१०, अपर लोहोरेखोलाको ६.२५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी