सेयर बजार ८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ७१ करोड
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक ८ अंकले घटेको छ । साताको अन्तिम कारोबारमा बजार ८.२४ अंकले घटेको हो । बिहीबारको कारोबार पश्चात बजार २०५१.९२ अंकमा झरेको छ । आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता सेयर ५० हजार २८१ पटकमा खरिद बिक्री भयो । जसमा ३३३ कम्पनी सामेल थिए । अघिल्लो दिनको कारोबारमा ४ अर्बको हाराहारीमा सेयर खरिद बिक्री भएको थियो ।
बजार घट्दा पनि त्रिशूली जलविद्युत्, महालक्ष्मी डिबेन्चर, कृषि विकास बैंक डिबेन्चर, मैलुङ खोला जलविद्युत्, नेपाल एसबिआई डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने कम्पनीमा परे । नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । यस्तै शिभ श्री हाइड्रो, साधना लघुवित्त, स्वेत गंगा हाइड्रो, आरबीबी म्युचअल फण्ड उच्च गुमाउने कम्पनीमा परे ।
बजार घट्दा बैकिङ समूह, म्युचअल फण्ड समूह र अन्य समूह हरियो देखिँदा बाँकी समूह राताम्मे देखिए । बैंकिङ समूह ०.०९ अंक, म्युचअल फण्ड ०.०७ अंक तथा अदर इन्डेक्स ०.९५ अंकले बढ्यो । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य घटेको छ । फाइनान्स समूह २.२३ प्रतिशत अर्थात ५५.४५ अंकले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग