सेयर बजार ८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ७१ करोड
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक ८ अंकले घटेको छ । साताको अन्तिम कारोबारमा बजार ८.२४ अंकले घटेको हो । बिहीबारको कारोबार पश्चात बजार २०५१.९२ अंकमा झरेको छ । आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता सेयर ५० हजार २८१ पटकमा खरिद बिक्री भयो । जसमा ३३३ कम्पनी सामेल थिए । अघिल्लो दिनको कारोबारमा ४ अर्बको हाराहारीमा सेयर खरिद बिक्री भएको थियो ।
बजार घट्दा पनि त्रिशूली जलविद्युत्, महालक्ष्मी डिबेन्चर, कृषि विकास बैंक डिबेन्चर, मैलुङ खोला जलविद्युत्, नेपाल एसबिआई डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने कम्पनीमा परे । नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । यस्तै शिभ श्री हाइड्रो, साधना लघुवित्त, स्वेत गंगा हाइड्रो, आरबीबी म्युचअल फण्ड उच्च गुमाउने कम्पनीमा परे ।
बजार घट्दा बैकिङ समूह, म्युचअल फण्ड समूह र अन्य समूह हरियो देखिँदा बाँकी समूह राताम्मे देखिए । बैंकिङ समूह ०.०९ अंक, म्युचअल फण्ड ०.०७ अंक तथा अदर इन्डेक्स ०.९५ अंकले बढ्यो । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य घटेको छ । फाइनान्स समूह २.२३ प्रतिशत अर्थात ५५.४५ अंकले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
नेपाल हाइड्रोपावर एसोसिएसनको २४औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न, नयाँ कार्यसमिति चयन
-
ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशनबीच हरितगृह कर्जा सहकार्य
-
एमसीसीको सडक सुधार परियोजनाको ठेक्का नेपाली कम्पनीलाई
-
प्राधिकरण सञ्चालक समिति बैठकमै हितेन्द्रदेव शाक्यले भेटे ऊर्जा मन्त्री घिसिङको गाली
-
सिद्धबाबा सुरुङमार्ग निर्माण ६५ प्रतिशत सकियो, समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन