सेयर बजारमा ५.८१ अंकले घट्यो, कारोबार पनि घट्यो
जलसरोकार
काठमाडौँ : बुधबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४ अंकमा झरेको छ। अघिल्लो दिन पनि बजार २६.१६ अंकले घटेको थियो, जसले बजारमा लगातार दबाब कायम रहेको देखाएको छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार घटेर ४ अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबारको कारोबारमा ३० कम्पनीको मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
समूहगत रूपमा हेर्दा अधिकांश सूचकहरू घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशतले घटेको छ। यस्तै हाइड्रोपावर १.४५ प्रतिशत, होटल तथा पर्यटन १.६४ प्रतिशत, बैंकिङ ०.७६ प्रतिशत, बीमा समूहहरू तथा माइक्रोफाइनान्स समूहमा पनि गिरावट देखिएको छ।
यद्यपि व्यापार समूह १.०९ प्रतिशत र विकास बैंक समूह ०.१४ प्रतिशतले सामान्य वृद्धि गरेका छन्।
बुधबारको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशतले बढेको छ। त्यसैगरी लक्ष्मी लघुवित्त, धौलागिरि लघुवित्त र भुजुङ हाइड्रोपावरको मूल्य पनि बढेको छ।
तर शिखर पावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले घटेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज, त्रिशूली जलविद्युत र झापा इनर्जीमा पनि उल्लेख्य गिरावट देखिएको छ।
धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर रहेका छन्।
लगातार दोस्रो दिनको गिरावट र कारोबार घट्नुले बजारमा लगानीकर्ताको सतर्कता बढेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने