सेयर बजार १८ अंकले घट्यो, कारोबार ४ अर्ब ५ करोड
जलसरोकार
काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा अडिएको छ।
सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।
यसदिन ३१८ स्क्रिप्सको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको ६.२०,दिव्यश्वरी हाइड्रोपावरक ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले सेयर बढ्यो। कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्षस्थानमा रहयो। सो कम्पनीको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९/९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
१३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा १९८ वटाको मूल्य घटयो। ९ वटा स्टकको मूल्य भने स्थिर रह्यो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा