सेयर बजार १८ अंकले घट्यो, कारोबार ४ अर्ब ५ करोड
जलसरोकार
काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा अडिएको छ।
सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।
यसदिन ३१८ स्क्रिप्सको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको ६.२०,दिव्यश्वरी हाइड्रोपावरक ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले सेयर बढ्यो। कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्षस्थानमा रहयो। सो कम्पनीको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९/९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
१३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा १९८ वटाको मूल्य घटयो। ९ वटा स्टकको मूल्य भने स्थिर रह्यो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड