दुई दिन लगातार बढेको सेयर बजार बिहीबार पुनः घट्यो
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ । अघिल्लो दिन बजार जम्मा १.८६ अंक बढेको थियो ।
बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोडको भयो ।
७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो । त्यस्तै लगानी ०.५२ र माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे । अरु सबै सेक्टर घटेका छन् ।
बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ ।
न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो