साताको अन्तिम दिन सेयर बजार ११.६४ अंकले घट्यो
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ ।
दिनभरको कारोबारमा १२ ः ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो ।
फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।
अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी