सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंक संशोधन विधेयकको प्रतिवेदन अर्थसमितिबाट सर्वसहमत पारित

जलसरोकार
बुधबार, भदौ ३१, २०८३ | १४:२९:२८ बजे

 

काठमाडौँ : प्रतिनिधिसभाको अर्थसमितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पारित गरेको छ ।

अर्थसमितिका समिति सचिव लक्ष्मण अर्यालका अनुसार सिंहदरबारमा आज बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सम्पन्न गर्दै प्रतिवेदन सर्वसहमत रूपमा पारित गरेको हो ।

विधेयकमाथि समितिमा भएको दफावार छलफलपछि तयार पारिएको प्रतिवेदन सर्वसहमत पारित भएको उहाँले जानकारी दिनुभयो । समितिबाट पारित प्रतिवेदन अब प्रतिनिधिसभाको बैठकमा पेस गरिनेछ ।

प्रतिनिधिसभामा प्रतिवेदन पेस भएपछि विधेयकलाई अघि बढाउने प्रक्रिया अगाडि बढ्नेछ ।

प्रकाशित मिति : बुधबार, भदौ ३१, २०८३ | १४:२९:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया