विद्युतीय सवारी साधनमा कर छुटले राजस्व उठाउन समस्या : महत
जलसरोकार
काठमाडौं– इन्धन भन्दा विद्युतीय सवारी आयात बढ्दा राजस्व संकलनमा समस्या परेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । महतले सरकारले चालू आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले भन्सार राजश्व कम उठेको बताए ।
इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी गरे । ‘इभीकै कारण अहिले ३४/३५ अर्ब कम भन्सार उठेको छ, त्यसले गर्दा जुन हामी परम्परागत हिसावबाट जुन रावश्व वृद्धिको आँकलन गरिरहेका थियौँ, र यही इभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ । त्यो भन्दा ज्यादा आम नागरिकहरु त्यतातिर उन्मुख छन् । जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ’, महतले भने ।
राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् । उनले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको स्वीकार गरे । राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ।
‘भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ । अहिले भन्सारको कुरा गर्दा हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरुको भन्दा डबल नै भएको छ । यो पछिल्लो समयमा र हामीले इभीलाई प्रमोट गर्ने हिसावले जुन अत्यन्त न्युन, इन्धनबेस भेकलको तुलनामा न्युन भन्सार दर राखेका छौँ ’ उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारबाट ११ महिनामा रु २ खर्ब २१ अर्बभन्दा बढी राजस्व सङ्कलन
-
पुनर्निर्माणपछि केही दिनमै नयाँ ट्रयाकबाट यातायात चल्ने तयारीमा विपी राजमार्ग
-
सुन प्रतितोला ५ हजार २०० रुपैयाँले घट्यो, चाँदीमा पनि भारी गिरावट
-
निजी क्षेत्रमैत्री मौद्रिक नीति ल्याउन चेम्बरको आग्रह
-
बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला जलविद्युत्मा क्षति
-
बर्खासँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन बढ्याे