विद्युतीय सवारी साधनमा कर छुटले राजस्व उठाउन समस्या : महत

काठमाडौं– इन्धन भन्दा विद्युतीय सवारी आयात बढ्दा राजस्व संकलनमा समस्या परेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । महतले सरकारले चालू आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले भन्सार राजश्व कम उठेको बताए ।
इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी गरे । ‘इभीकै कारण अहिले ३४/३५ अर्ब कम भन्सार उठेको छ, त्यसले गर्दा जुन हामी परम्परागत हिसावबाट जुन रावश्व वृद्धिको आँकलन गरिरहेका थियौँ, र यही इभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ । त्यो भन्दा ज्यादा आम नागरिकहरु त्यतातिर उन्मुख छन् । जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ’, महतले भने ।
राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् । उनले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको स्वीकार गरे । राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ।
‘भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ । अहिले भन्सारको कुरा गर्दा हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरुको भन्दा डबल नै भएको छ । यो पछिल्लो समयमा र हामीले इभीलाई प्रमोट गर्ने हिसावले जुन अत्यन्त न्युन, इन्धनबेस भेकलको तुलनामा न्युन भन्सार दर राखेका छौँ ’ उनले भने ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको विद्युत् प्रणालीमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत
-
साताको पहिलो दिन सेयर बजार २७ अंकले घट्यो
-
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत् प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी
-
इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसमा काठमाडौँमा झन्डोत्तोलन
-
राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्दै
-
म्याग्दीका पाखापानी र पात्लेखेतमा केन्द्रीय विद्युत् विस्तार