जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बजेटका सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस, जलविद्युत् लगायतका पूर्वाधार प्राथमिकतामा

जलसरोकार
सोमबार, फागुन १४, २०८० | १६:५६:०० बजे

 

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत, पूर्वाधार, पर्यटन र सूचना प्रविधिको विकास, कृषिको आधुनिकीकरण तथा व्यावसायिकरण, निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभाको बैठकमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सो कुरा उल्लेख गरेका हुन्।

जलविद्युत, पूर्वाधार, पर्यटन र सूचना प्रविधिको विकास, कृषिको आधुनिकीकरण तथा व्यावसायिकरण, निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने महतले बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउने, निजगढ विमानस्थल निर्माणको ढाँचा टुंगो लगाउने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनमा ल्याउन देखिएका अड्चन हटाइने घोषणा महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएको छ ।

मन्त्री महतले चालु खर्च नियन्त्रण गरी दोहोरो कार्यक्षेत्र भएका संरचना खारेज गर्ने बताएका छन्। सकारले यो आर्थिक वर्ष २० वटा निकाय खारेज गर्ने घोषणा बजेटमार्फत गरेकामा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

मन्त्री महतले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनको रुपमा विकास गर्न नीतिगत व्यवस्था गर्ने तथा उद्योग संचालनका लागि जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गर्ने बताए। उनले व्यवसाय र लगानीमैत्री कर नीति लिने बताए। सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाउने घोषणा गरिएको छ। महतले नयाँ बजेटले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सघाउनुका साथै अर्थतन्त्रले गति लिने विश्वास लिएको बताए।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा फागुन २१, २२, २३, ३०, चैत १, २ र ४ गते छलफल हुनेछ। सांसदहरुका सुझाव समेतलाई समेटेर बजेट बनाउने भन्दै सरकारले कानुनमा संशोधन गरी यसपालि बजेटको तीन महिनाअघि सिद्धान्त र प्राथमिकता ल्याएको हो। यसअघि बजेट ल्याउनु केही दिनअघि मात्र सिद्धान्त र प्राथमिकता ल्याउने गरिएको थियो। जसका कारण सिद्धान्त र प्राथमिकतामाथि छलफल ‍औपचारिकतामा सीमित हुने गरेको थियो।

<span data-mce-type="bookmark" style="display: inline-block; width: 0px; overflow: hidden; line-height: 0;" class="mce_SELRES_start"></span>

प्रकाशित मिति : सोमबार, फागुन १४, २०८० | १६:५६:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया