आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो ।
जसअनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी