सुनचाँदीको मूल्य महँगियो,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ३५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आईपीओमा जानुअघि जलविद्युत् कम्पनीले सेबोनलाई कति परीक्षा दिनुपर्ने?
-
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने
-
नदीको अधिकार
-
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो
-
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु