फेरि बढ्यो सुन र चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
जलसरोकार
काठमाडौं, : नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख पाँच सय रूपैयाँ पुगेको छ । बिहीबार सुनको भाउ प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको थियो भने आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ बढेको हो । शुक्रवार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढोत्तरी भएको छ। शुक्रवार चाँदीको भाउ प्रतितोला ४ हजार ७१० रूपैयाँ थियो भने आइतबार ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ । यस अनुसार चाँदीको मूल्य प्रतितोला ३०० रूपैयाँले बढेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता