नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ३१५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आईपीओमा जानुअघि जलविद्युत् कम्पनीले सेबोनलाई कति परीक्षा दिनुपर्ने?
-
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने
-
नदीको अधिकार
-
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो
-
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु