सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन र चाँदीकाे मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
बुधबार, भदौ २४, २०८३ | ११:१५:०४ बजे

 

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै एक दिनमै सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी ४० रुपैयाँले सस्तिएको हो।

प्रकाशित मिति : बुधबार, भदौ २४, २०८३ | ११:१५:०४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया