सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | ११:१८:५५ बजे

 

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ थियो।

पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। सोमबारको गिरावटसँगै सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँभन्दा केही माथि कायम भएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, माग–आपूर्ति तथा अन्य बजारगत प्रभावका कारण नेपालमा सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गर्छ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | ११:१८:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया