पेट्रोलमा प्रतिशत इथानोल मिश्रण नीति लागू हुँदै, आर्थिक र स्वच्छ ऊर्जामा लाभ अपेक्षित
जलसरोकार
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा आउने तयारी भइरहेको जानकारी दिए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति ः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ कार्यक्रममा मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए । उनका अनुसार इथानोल मिसाउँदा वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिनेछ र व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ ।
मन्त्री सिन्हाले यसले उखुजस्ता कृषि उत्पादनको माग बढाउने, कृषि भूमिको उपयोग विस्तार गर्ने र आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। उनले विदेशी लगानी आकर्षित हुने सम्भावना रहेको र प्रतिस्पर्धी वातावरण कायम गर्न आवश्यक रहेको उल्लेख गरे ,।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की ले विगतमा गठन भएका आयोग र सुझाव समितिको सिफारिस अनुसार इथानोल मिश्रण आदेश आएको जानकारी दिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट ले यो कार्यक्रम पूर्ण कार्यान्वयनमा आउन करिब १–१.५ वर्ष लाग्ने र गुणस्तर मापदण्ड तय गर्न आवश्यक रहेको स्पष्ट पारे। उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेल ले व्यावसायिक इथानोल उत्पादन नभए पनि आदेशले उत्पादनको बाटो खोल्ने बताए।
निजी क्षेत्रका प्रतिनिधिहरूले कच्चापदार्थ पर्याप्त भए पनि उद्योग स्थापना गर्न सहज वातावरण आवश्यक रहेको बताएका छन्। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल ले नेपालमा वार्षिक करिब दुई लाख ४० हजार मेट्रिकटन चिनी खपत हुने भए पनि दुई लाख मात्र आन्तरिक रूपमा उत्पादन हुने बताए।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना ले मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट हुनु आवश्यक भएकोमा जोड दिनुभयो।
सरकारले शीघ्र इथानोलको न्यूनतम मूल्य सिफारिस गर्ने, गुणस्तर निर्धारण गर्ने र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। नीति राजपत्रमा प्रकाशित भएपश्चात मूल्य निर्धारण समिति गठन गरी उत्पादन क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?