भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
जलसरोकार
काठमाडौँ : दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पु¥याउने उद्देश्यले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु २० लाख बराबरको सहयोग प्रदान गरेको हो ।
सहयोग रकम बराबरको चेक दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई आज हस्तान्तरण गरेका छन् ।
कोषमा योगदान गरेकोप्रति नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खनालले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता