सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग

जलसरोकार
बिहीबार, पुस ०३, २०८२ | ११:११:०१ बजे

 

काठमाडौँ :  दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पु¥याउने उद्देश्यले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा रु २० लाख बराबरको सहयोग प्रदान गरेको हो ।

सहयोग रकम बराबरको चेक दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई आज हस्तान्तरण गरेका छन् ।

कोषमा योगदान गरेकोप्रति नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खनालले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । 

 

प्रकाशित मिति : बिहीबार, पुस ०३, २०८२ | ११:११:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया