विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक
जलसरोकार
काठमाडौँ: प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
करिब दुई घण्टा ढिला गरी बैठक सुरू भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिषा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन ।
सभामुख देवराज घिमिरेले पटकपटक बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्षीलाई आग्रह गरे । उनले दलीय आधारमा आफ्ना कुरा राख्न र गृहमन्त्री रमेश लेखकले समेत समय माग गरेकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे । उनको पटकपटकको आग्रहलाई समेत विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷०८२ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । सम्भावित कार्यसूचीअनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना