विद्युत् प्राधिकरणको आम्दानी र खर्चको विवरण संसदमा सार्वजनिक गर्न सभामुखमार्फत माओवादी केन्द्रको रुलिङ माग
जलसरोकार
काठमाडौं: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणको सबै आर्थिक विवरण संसदमा सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत प्राधिकरणले हालै जारी गरेको घाटाको खर्च विवरणले जनतालाई अन्योलमा परेको बताए ।
उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत् प्राधिकरणको आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ ।
त्यसैले प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ होस् ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना