भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयरमा ‘लक–इन’ अवधि सकिँदै
जलसरोकार
काठमाडौँ : भूगोल इनर्जी डेभलपमेन्टका केही संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीलाई वितरण गरिएको शेयरमा लागू गरिएको ‘लक–इन अवधि’ सकिन लागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त शेयरको लक–इन अवधि समाप्त हुन लागेको जानकारी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) अघि संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीलाई वितरण गरिएका केही शेयरमा तीन वर्षको लक–इन अवधि लागू गरिएको थियो। सोही व्यवस्थाअनुसार अब ती शेयरको लक–इन अवधि समाप्त हुने भएको कम्पनीले जनाएको छ।
प्रकाशित सूचनाअनुसार संस्थापक शेयरधनीतर्फ करिब ३ लाखभन्दा बढी कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फ करिब ५४ हजारभन्दा बढी कित्ता तथा कर्मचारीतर्फ करिब ११ हजारभन्दा बढी कित्ता शेयर लक–इन अवधिमा राखिएको थियो। ती शेयरको लक–इन अवधि २०८२ फागुन १६ गते (२८ फेब्रुअरी २०२६) बाट समाप्त हुने उल्लेख गरिएको छ।
लक–इन अवधि समाप्त भएपछि सम्बन्धित शेयरधनीले नियमानुसार उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था रहनेछ। कम्पनीले धितोपत्र बोर्डको नियमअनुसार सर्वसाधारण तथा लगानीकर्तालाई जानकारी गराउन यो सूचना प्रकाशित गरेको जनाएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँ सरकारको बाटो: ऊर्जा, उद्योग र रोजगारी
-
सार्वजनिक कम्पनी, तर सूचना अझै अँध्यारोमा: पुरानै वित्तीय विवरणमा अडिएको भुगोल इनर्जीमाथि पारदर्शिताको गम्भीर प्रश्न (वित्तीय विश्लेषणसहित)
-
नेप्सेमा उच्च गिरावट, ४६.७८ अंकले घट्दा कारोबार रकम पनि घट्यो
-
डोल्ती पावर लिमिटेड : सञ्चालकको विवरण छैन, एजीएम रिपोर्ट छैन, फोन उठ्दैन, तर हकप्रद उठाउने तयारी
-
‘स्वच्छ हावा’का लागि विश्व बैंकसँग फेरि ७ अर्ब ६० करोड रुपैयाँ ऋण
-
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयरमा ‘लक–इन’ अवधि सकिँदै