विद्युत् ऐन, २०४९ को दफा १६ मा पनि विद्युत् सेवा उपलब्ध गराएबापत त्यस्तो सेवा उपलब्ध गर्ने व्यक्तिसँग विद्युत् नियमन आयोग सम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्धारिण गरिएको महसुल र अन्य दस्तुर लिन सक्नेछ उल्लदेख छ ।
सोही ऐनको दफा १९(ग) मा कुनै ग्राहकले बुझाउनुपर्ने महसुल र अन्य दस्तुर नबुझाएमा त्यस्तो ग्राहकको हकमा विद्युत् सेवा बन्द गर्न सकिने उल्लेख छ ।
विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ ले ‘कुनै ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल जरिवाना, क्षतिपुर्ति, अतिरिक्त शुल्क, अन्य शुल्क तथा तिर्न बुझाउनुपर्ने अन्य रकम तोकिएको समयभित्र नबुझाएमा वा विद्युत्को अनाधिकार प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिइराखेको विद्युत् लाइन काट्न सक्नेछ’ भनेको छ ।
सोही दफाको खण्ड क मा ‘ग्राहक वा अन्य कसैले विद्युत्को अनाधिकार उपयोग गरेमा वा ग्राहकले निर्धारित समयभित्र विद्युत् महसुल नतिरेमा प्राधिकरणले त्यस्तो ग्राहक वा विद्युत्को अनाधिकार उपभोग गर्नेसँग तोकिएको जरिवाना, क्षतिपूर्ति तथा अतिरिक्त महसुल लिन सक्ने’ उल्लेख छ ।
त्यसैगरी सोही ऐनको दफा ३२ (क) ले ‘प्राधिकरणले यो ऐन वा यस ऐनअन्तर्गत बनेका विनियमहरुबमोजिम ग्राहक वा अन्य कुनै व्यक्तिसित लिनुपर्ने महसुल, जरिवाना, क्षतिपूर्ति, अतिरिक्त शुल्क सरकारी बाँकी सरह असुल उपर गरी लिन सक्नेछ’ भनिएको छ ।
विद्युत् वितरण नियमावली, २०७८ को नियम २७ मा छुट बिलिङसम्बन्धी व्यवस्था छ । उक्त नियमावलीको नियम २७ मा ‘कुनै ग्राहकले बिलिङ गर्दा छुट भएमा अनुसूची २९ मा उल्लेख भएका अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा देहायअनुसार छुट बिल गरिनेछ’ भनिएको छ ।
(१) कुनै ग्राहकको मिटर रिडिङ गरी बिलिङ गर्दा गणितीय त्रुटि भएमा हिसाब मिलान गरी छुट भए बापतको रकमको छुट बिल गरिनेछ ।
(२) टीओडी मिटर जडान भएका ग्राहकहरुको प्राविधिक कारणले गर्दा मिटरले वास्तविक खपत नदेखाई बिलिङ छुट भएमा त्यस्तो छुट खपत युनिट र डिमाण्ड चार्जबापत मिटरको डाउनलोड डाटा विश्लेषण गर्दा यकिन भएअनुसारको रकम छुट बिल गरिनेछ ।
(३) कुनै ग्राहकको डाउनलोड हुने मिटर प्राविधिक कारणवश डाउनलोड हुन नसकेको अवस्थामा निजको स्वीकृत क्षमताअनुसार वा औसत बिलमा जुन बढी हुन्छ सोहीअनुसार छुट बिल गरिनेछ ।
त्यसैगरी विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १८ (क) अनुमति प्राप्त व्यक्तिहरुबीच उत्पन्न विद्युत् सम्बन्धी विवाद, (२) उपदफा (१) बमोजिम अनुमति प्राप्त व्यक्तिले गरेको कुनै निर्णयमा चित्त नबुझेको वा निजले गरेको कार्यबाट आफूलाई मर्का परेको कुरा उल्लेख गरी त्यसबापतको क्षतिपूर्तिको दाबी गरेको विषय ।
उपदफा (२) उपदफा १ बमोजिमको विवाद वा विषयका सम्बन्धमा अनुमति प्राप्त व्यक्ति वा उपभोक्ताले आयोग समक्ष उजुरी दिन सक्नेछ र त्यस्तो उजुरी परेमा आयोगले नब्बे दिनभित्र सुनुवाई गरी निर्णय गर्नुपर्नेछ ।
त्यसैगरी विद्युत् वितरण नियमावली, २०६९ को विनियम ४५(१) मा यो विनियमावली बमोजिम भएको कुनै कारबाही तथा निर्णय उपर कुनै ग्राहक वा व्यक्ति वा संस्थालाई चित्त नबुझेको खण्डमा निर्णय कारबाहीको सूचना प्राप्त भएको मितिले ३५ दिनभित्र स्थानीय कार्यालय मार्फत वा सोझै विनियम ४६ बमोजिम गठित पुरनवोदन समिति समक्ष पुनिरावेदन गर्न सक्दछ ।
सोही नियमावलीको नियम ४५(२) मा प्राधिकरणबाट छुट बिलिङ सम्बन्धमा गरिएको निर्णय उपर पुनरावेदनको निवेदन दायर गर्ने ग्राहकले छुट बिलिङबापतको सम्पूर्ण रकम धरौटीस्वरुप जम्मा गर्नुपर्नेछ ।
त्यसैगरी विद्युत् महसुल संकलन विनियमावली, २०७३ को विनियम ५(१३) मा ‘प्राधिकरणले ग्राहकलाई बिलिङ गर्दा कुनै कारणवश छुट भएमा सोको जानकारी भएपश्चात् जुनसुकै समयमा पनि विद्युत् उपभोग गरी छुटेको खपत बापत छुट्टै बिलिङ गरिनेछ । यसरी बिलिङ गरिएकोमा ग्राहकले जानकारी प्राप्त गरेको मितिले ३५ दिनभित्र बिलिङ गरिएको रकम बुझाउनुपर्नेछ । छुट बिलिङ गरिएको निर्णयमा चित्त नबुझे ग्राहकले नेविप्रा विद्युत् वितरण विनियमावली, २०६९ को विनियम ४५ मा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी पुनरावेदन समिति समक्ष निवेदन पेश गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।
विद्युत् बक्यौतामा कानुनले मन्त्रिपरिषद्, प्रधानमन्त्री, ऊर्जा मन्त्री र आयोगहरुलाई चिन्देैन
जम्न थाले मनाङका नदी र ताल, तापक्रम माइनसमा
‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पर्याउनु सरकारको प्रमुख दायित्व’
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयरसँगै विद्युत् उत्पादन गरिने
यस्ताे रहनेछ आजको मौसम
जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति