‘गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छ’
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताए ।
“गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पु-याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्बलको महत्त्वपूर्ण भूमिका रहेको छ”, मन्त्री खड्काले भने, । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्बलले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ ।
उर्जामन्त्री खड्काले जनताका आवाजलाई माथिल्लो निकायसम्म पु-याउन रिपोर्टर्स क्लबले खेलेको भूमिका सराहनीय रहेको बताए । “हामीले सुन्छौँ पत्रकारिताका नाममा भएका विकृतिहरूले समाजलाई सही दिशामा लगेको देखिँदैन । समाजलाई सही समयमा सही जानकारी दिन सत्यतथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्छ”, उनले भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने