विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने २१ हजार ग्राहकको लाइन काट्यो, २४ करोड रुपैयाँ उठायो
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गत भदौ ११ देखि ३१ सम्मको अवधिमा २१ हजार तीन विद्युत् ग्राहकको लाइन काटीइ २४ करोड ६ लाख रुपैयाँ बक्यौता उठाएको छ ।
लाइन काटिएकामध्ये १५ हजार २ सय २३ ग्राहकले बक्यौता तिरी पुनः लाइन जोडेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।
लाइन काटिएका कुल २१ हजार ३ ग्राहकबाट प्राधिकरणले ४० करोड ४२ लाख १७ हजार २८ रुपैयाँ उठाउनुपर्ने थियो । निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सबैभन्दा बढी लाइन काटिएको मधेस प्रदेशमा हो ।
मधेस प्रदेशमा कुल ४ हजार ६ सय ३४ ग्राहकको उक्त अवधिमा लाइन काटिएको थियो । यी ग्राहकहरुबाट प्राधिकरणले १३ करोड ६१ लाख ६५ हजार रुपैयाँ उठाउनु पर्ने थियो । लाइन काटिएकामध्ये मधेस प्रदेशमा ३ हजार १३ ग्राहकले ७ करोड १० लाख ३६ हजार रुपैयाँ तिरेर पुनः लाइन जोडेका थिए । बक्यौता रकममा पनि सबैभन्दा अग्रस्थानमा मधेस प्रदेश नै छ ।
मधेस प्रदेशपछि सबैभन्दा बढी लाइन काटिएको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जको छ । नेपालगञ्जमा २ हजार ४ सय ६ ग्राहकको लाइन काटिएको निर्देशनालयले जनाएको छ । न
नेपालगञ्ज डिभिजन कार्यालयमा ३ करोड ५ लाख ७६ हजार बक्यौता रहेकोमा एक हजार ६ सय ८४ ग्राहकले २ करोड २७ लाख ७० हजार रुपैयाँ बुझाइ लाइन जोडेका छन् ।
बक्यौताका हिसाबले मधेस प्रदेशपछि दोस्रो नम्बरमा कोशी रहेको छ । कोशीमा ६ करोड ५२ लाख ८ हजार रुपैयाँ बक्यौता रहेकोमा २ हजार ८ सय २५ ग्राहकले ३ करोड ३४ लाख २९ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी बागमती प्रदेश डिभिजन कार्यालयको बक्यौता ३ करोड ४३ लाख ६८ हजार रहेकमा त्यहाँ एक हजार ४ सय २६ ग्राहकको लाइन काटिएको छ । बागमती डिभिजनमा२ करोड २० लाख रुपैयाँ बक्यौता उठेको छ । त्यहाँ एक हजार २ सय ५ ग्राहकले बक्यौता बुझाएपछि पुनः लाइन जोडिएको छ ।
लुम्बिनी प्रादेकि कार्यालय बुटबलको बक्यौता ५ करोड ८९ लाख १७ हजार रहेकोमा दुई हजार ९ सय ७२ ग्राहकको लाइन काटेर प्राधिकरणले ३ करोड ६७ लाख ७० हजार रुपैयाँ असुलेको छ ।
सबैभन्दा कम लाइन काटिएको सुदूर पश्चिम प्रदेश हो । त्यहाँ ३ सय ९८ ग्राहकको लाइन काटिएकोमा ३ सय ४८ ग्राहकले ४६ लाख ७ हजार रुपैयाँ बक्यौता तिरी पुनः लाइन जोडेका छन् । सुदूर पश्चिममा उठ्नुपर्ने बक्यौता ७१ लाख ७९ हजार मात्र थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति