सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेसम्म मुलुकको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई साथ नलिएसम्म आर्थिक सुधार सम्भव नभएको धारणा व्यक्त गरे । “जबसम्म निजी क्षेत्र सँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन । यो प्रमाणित भइसकेको छ,” उनले भने, ।
निजी क्षेत्रप्रति गरिँदै आएको दृष्टिकोण परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले अर्थतन्त्रका मुख्य एजेन्डामा नेपाल पछाडि परेको बताए । यसमा अब गम्भीर ध्यान दिनुपर्ने उनको जोड थियो ।
अध्यक्ष ढकालले कलेक्टिभ एप्रोच नअपनाइए वास्तविक परिणाम हासिल गर्न नसकिने स्पष्ट पारे । “नेपालमा केही गर्न सकिँदैन भन्ने नकारात्मक सन्देशलाई चिर्ने काम महासंघले गरिरहेको छ । आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिइरहेका छौँ,” उनले भने, ।
जेन्जी आन्दोलनले उठाएका सुशासनका मागजस्तै माग निजी क्षेत्रले पनि गर्दै आएको भन्दै हाल केही विषयमा सकारात्मक परिवर्तन भइसकेको र केही प्रक्रियामा रहेकोले निजी क्षेत्र उत्साहित रहेको उनको भनाइ थियो ।
यस्तै, सिइओ केन्द्रित निर्णय प्रणालीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ढकालले भने,“सिइओले चाह्यो भने अध्यक्षलाई मनाएरै निर्णय पारित गराउँछ, तर चाहेन भने कुनै पनि विषय अघि बढ्दैन । यस्तो प्रवृत्ति सबैतिर देखिन्छ, जुन गलत हो ।”
अध्यक्ष ढकालले एफएनसिसिआईले नेपालमा लगानी प्रवद्र्धनका लागि देश तथा विदेशमा विविध कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको जानकारी पनि दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति
-
सञ्चालक समितिको निर्णयविपरीत प्राधिकरणले फेरि रेट तोकेर भारतबाट बिजुली आयातको टेन्डर निकाल्यो
-
सुनचाँदीको मुल्य सस्तियो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कालिन्चोक हाइड्रोपावरले फागुन १३ देखि आईपीओ निष्काशन गर्ने
-
पश्चिमी वायुको प्रभावः उच्च पहाडी क्षेत्रमा बादल, तराईमा हुस्सु र तुँवालोको सम्भावना
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो