सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल

जलसरोकार
आइतबार, मंसिर २१, २०८२ | १०:४०:२५ बजे

 

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेसम्म मुलुकको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई साथ नलिएसम्म आर्थिक सुधार सम्भव नभएको धारणा व्यक्त गरे । “जबसम्म निजी क्षेत्र सँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन । यो प्रमाणित भइसकेको छ,” उनले भने, ।

निजी क्षेत्रप्रति गरिँदै आएको दृष्टिकोण परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले अर्थतन्त्रका मुख्य एजेन्डामा नेपाल पछाडि परेको बताए । यसमा अब गम्भीर ध्यान दिनुपर्ने उनको जोड थियो ।

अध्यक्ष ढकालले कलेक्टिभ एप्रोच नअपनाइए वास्तविक परिणाम हासिल गर्न नसकिने स्पष्ट पारे । “नेपालमा केही गर्न सकिँदैन भन्ने नकारात्मक सन्देशलाई चिर्ने काम महासंघले गरिरहेको छ । आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिइरहेका छौँ,” उनले भने, ।

जेन्जी आन्दोलनले उठाएका सुशासनका मागजस्तै माग निजी क्षेत्रले पनि गर्दै आएको भन्दै हाल केही विषयमा सकारात्मक परिवर्तन भइसकेको र केही प्रक्रियामा रहेकोले निजी क्षेत्र उत्साहित रहेको उनको भनाइ थियो ।

यस्तै, सिइओ केन्द्रित निर्णय प्रणालीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ढकालले भने,“सिइओले चाह्यो भने अध्यक्षलाई मनाएरै निर्णय पारित गराउँछ, तर चाहेन भने कुनै पनि विषय अघि बढ्दैन । यस्तो प्रवृत्ति सबैतिर देखिन्छ, जुन गलत हो ।”

अध्यक्ष ढकालले एफएनसिसिआईले नेपालमा लगानी प्रवद्र्धनका लागि देश तथा विदेशमा विविध कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको जानकारी पनि दिए । 

प्रकाशित मिति : आइतबार, मंसिर २१, २०८२ | १०:४०:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया