मोदी इनर्जीलाई हकप्रद शेयर निष्कासनका लागि विभागले दियो स्वीकृति
जलसरोकार
काठमाडौं: तल्लो मोदी खोला जलविद्युत आयोजना (२० मेगावाट) को प्रवद्र्धक कम्पनी मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत् विकास विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.९००२९ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस सम्बन्धमा कम्पनीले आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै नियामक निकायबाट स्वीकृति प्राप्त भएको जानकारी गराएको छ ।
विद्युत् विकास विभागले २०८२ माघ २१ गते हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको पत्रमा उल्लेख छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। स्वीकृत अनुपात अनुसार कम्पनीले करिब २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
विद्युत् विकास विभागबाट पूर्व स्वीकृति पाएसँगै अब कम्पनीले हकप्रद शेयर निष्कासनको अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिनुपर्नेछ । सेबोनबाट अनुमति प्राप्त भएपछि मात्रै हकप्रद शेयर निष्कासनको मिति तथा बुक क्लोज तय गरिनेछ ।
पर्वत जिल्लामा तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आफ्नो ऋण भार कम गर्न तथा वित्तीय संरचना सुदृढ गर्न ठूलो परिमाणमा हकप्रद शेयरमार्फत पूँजी जुटाउन लागेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता