प्राधिकरणले २१५.२२० मेगावाट बराबरका १५ वटा प्रवद्र्धकहरुका विद्युत् खरिद सम्झौता (पीपीए) नगर्ने सूचना जारी गरेर कठोर रुपमा उभ्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पीपीए गर्न नआउने तर ओगट्नेहरुप्रति आफू कडा रुपमा प्रस्तुत हुने चेतावनी सार्वजनिक रुपमा दिएका थिए ।
प्राधिकरणले यही पुस १२ गते पीपीएका लागि निवेदन नदिएका, रीतपूर्वक आवश्यक कागजात, दस्तावेजसहित निवेदन नदिएका त्यस्ता आयोजनाको पीपीए नगर्ने निर्णय गरेको हो । पीपीए नै नहुने भएपछि यी कम्पनीहरुले पाएका अनुमति पत्र पनि स्वतः रद्द हुने नीतिगत बन्दोबस्ती छ ।
प्राधिकरणले नदी प्रवाही (आरओआर) तर्फको अधिकतम सीमा ६७५० मेगावाट नपुगेसम्म ग्रीन कनेक्सन सम्झौताको रोलक्रमका आधारमा पीपीए गर्ने निर्णय सञ्चालक समितिको २०७९ माघ २६ गतेको ९३० औं बैठकले गरेको थियो । उक्त निर्णयअनुसार पीपीए गर्न चासो नदेखाएका प्रवद्र्धकहरुका लागि प्राधिकरणले गत असोज १६ गते पीपीए गर्नका लागि आवश्यक प्रक्रिया पूरा गरी ३५ दिनभित्र निवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनापश्चात् पनि पीपीपीएका लागि चासो नदिएका र आवश्यक रीत नपुगेका ती १५ वटा जलविद्युत् आयोजनाहरुको पीपीए नगर्ने निर्णय प्राधिकरणले गरेको हो । पीपीएको रोलक्रमअनुसार बाँकी रहेको कोटा (२१५.२९९ मेगावाट) पु¥याउन प्राधिकरणले त्यति नै क्षमताबराबरका ६ वटा आयोजनाको पीपीए गरिने सूचना पनि जारी गरेको छ ।
माओवादीका ऊर्जा मन्त्रीहरुले विगत पाँच वर्षदेखि नदी प्रवाहीतर्फका पीपीए रोक्दै आएका थिए । वर्तमान सरकारमा सुरुमा सामेल राप्रपाका राजेन्द्र लिङदेन ऊर्जा मन्त्री भएका बखत थप १५ सय मेगावाटको पीपीए गर्ने निर्णय प्राधिकरण सञ्चालक समितिले गरेको थियो । पीपीएको लिस्टमा चढ्ने तर पीपीए गर्न नआउने, आए पनि रीत नपु¥याउने प्रवद्र्धकहरुले कोटा ओगटी मात्र रहेपछि प्राधिकरण खाली गराएको हो ।
यसरी पीपीए खारेजीमा परेका जलविद्युत् आयोजनाहरुमा सबैभन्दा ठूलो क्षमताको लिएको माथिल्लो त्रिशुली १ (१०२ मेगावाट) रहेको छ । यो आयोजना सुरुमा चीनको पावर चाइना भन्ने कम्पनीले लिएको थियो । उसले उक्त आयोजना अघि बढाउन नसकेपछि ‘अप्पर त्रिशुली हाइड्रोपावर प्रा.लि.’ का नाममा लाइसेन्स लिइएको थियो ।
त्यसैगरी खारेजीमा परेको अर्काे ठूलो आयोजना चमेलिया, छतिगाड (८५ मेगावाट) हो । यकसो प्रवद्र्धक ग्रीड नेपाल कम्पनी प्रा.लि. थियो । खारेजीमा परेका अन्य १३ वटा आयोजनाहरुमा ६.६ मेगावाटदेखि ७६ किलोवाटसम्मका छन् ।
खाली भएको कोटामा पीपीए गर्न पाउने आयोजनाहरुको सूची पनि प्राधिकरणले सार्वजनिक गरेको छ । यसमा सबैभन्दा ठूलो रेमिट हाइड्रोले प्रवद्र्धन गरेको घुन्सा खोला (७७.५ मेगावाट) रहेको छ । सरकारी कम्पनी हाइड्रोइलेक्ट्रिसीटी डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले निर्माण गर्न नसकेपछि यो आयोजना नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा अघि बढाइएको छ ।
त्यसैगरी संखुवासभामा पर्ने संखुवा खोला (४१ मेगावाट) ले पनि अब पीपीए गर्न पाउने भएको छ । युनियन हाइड्रोपावरले प्रवद्र्धन गरेको होङ्गु खोला (२८.९ मेगावाट), रामजानकी हाइड्रोपावर प्रवद्र्धक रहेको संखुवासभामकै अप्सुवा खोला (२२.२४ मेगावाट), रामजनकी नै प्रवद्र्धक रहेको माथिल्लो अप्सुवा खोला (३५.१५ मेगावाट) र एसएन इनर्जी प्रवद्र्धक रहेको सुपर सेती (२४ मेगावाट) ले पनि पीपीए गर्न पाउनेछन् ।
प्राधिकरणले यी नयाँ भाग्यमानी प्रवद्र्धकहरुलाई पनि पीपीए गर्न आउने अवधि १५ दिन तोकेको छ । यिनीहरुले पनि निर्धारित समय र रीतपूर्वक निवेदन नदिएमा यसैगरी पीपीएको रोक्रमबाट हटाउने प्राधिकरणको नीति छ ।
पीपीएको रोलक्रमबाट हटाउने प्राधिकरणको निर्णयसहितको सूचना
खारेजीमा परेका जलविद्युत् आयोजना र यिनको ठाउँमा पीपीए गर्न पाउने कम्पनीहरुको सूची
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का