सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि, आज कति हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ, : नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । आइतबार बढेको मूल्य सोमबार पनि निरन्तर उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो ।
यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १७० रुपैयाँले बढेर आज ५ हजार ५९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
लगातारको मूल्यवृद्धिसँगै सुनचाँदी बजारमा चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता