चैनपुर सेती जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा
जलसरोकार
बझाङ २१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लिएको छ । बझाङको तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट निर्माण सुरु गरिएको यो आयोजनाको कामले तीव्रता पाएको हो । अहिले आयोजनाको अडिट सुरुङको निर्माण सुरु भइरहेको छ । आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले ३ वटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि काम भइरहेको छ ।
एउटा अडिट सुरुङ १३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ । एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको उनले बताए । ४ वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
६ वटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले तीनवटाको निर्माण भइरहेको जनाएको छ । अहिले अडिट नं तीन, अडिट नं छ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनियर रोशन खड्काले जानकारी दिए । उनका अनुसार ४५० मिटर लामो अडिट नं ३ सुरुङमा सबैभन्दा बढी १३० मिटर सुरुङ खनिएको छ ।
“बीचमा कुनै अवरोध नआए पाँच वर्षमा छवटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप एक वर्षमा बाँधलगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौँ”, उनले भने ।
चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनियर लोकेन्द्र कार्कीले बताए । उनले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा एक दिनमा एक मिटरसम्म खन्ने गरेको बताए । उनले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा एक मिटर खन्ने काम सकिन्छ । माटो बढी भएको ठाउँमा दिनमा ५ मिटरसम्म पनि काटिने गरेको उनले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२१ बुँदे पुँजी बजार कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले उकालो, कारोबार ८ अर्ब नाघ्यो
-
गण्डकीका बाँकी १ हजार ७१७ घरधुरीमा शीघ्र विद्युत् पुर्याइने मन्त्री श्रेष्ठकाे प्रतिबद्धता
-
पुँजी बजार सुधार कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाउने विश्वास
-
चिलिमे उद्धारमा २४ सै घण्टा प्रयास, १५०–१६० मिटर सुरुङ जलमग्न
-
कुलेखानीले सिकाएको नेतृत्व, आज प्राधिकरणमा किन छैन?
-
जलविद्युत् विकास रोक्ने होइन, निर्माणको शैली परिवर्तन गर्ने समय