सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने, भूमिगत लाइन बिछ्याउन प्राधिकरणको काम

जलसरोकार
शुक्रबार, कात्तिक १४, २०८३ | ०६:५९:३२ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्य अघि बढाउने भएको छ। त्यसका लागि प्राधिकरणले कात्तिक १३ देखि २० गतेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा दैनिक साढे १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचना जारी गरेको छ।

प्राधिकरणको कुलश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि छुट्टाछुट्टै दिन र क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गतको हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मको क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ।

त्यसैगरी कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मको क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत युनपार्कदेखि बिजुलीबजारसम्म, कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ प्रशाखा सबस्टेसन (पीएसएस) क्षेत्र र कात्तिक १९ गते स्युचाटार सबस्टेसनअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यस्तै, कात्तिक २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा पुनः विद्युत् आपूर्ति अवरुद्ध हुने सूचनामा उल्लेख छ।

प्राधिकरणले तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि मौसम प्रतिकूल भएमा वा अन्य प्राविधिक कारणले काम प्रभावित भएमा निर्धारित कार्यतालिका (सेड्युल) रद्द हुन सक्ने जनाएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुने क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गर्दै प्राधिकरणले निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति सुचारु हुन सक्ने जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, कात्तिक १४, २०८३ | ०६:५९:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया