सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

“ठूलो खोला जलविद्युत आयोजना सञ्चालनमा आउनु हाम्रो लागि हर्ष र गर्वको विषय हो” : नरेन्द्रवल्लभ पन्त

जलसरोकार
शनिबार, फागुन ३०, २०८२ | १८:३३:४४ बजे

काठमाडौं : म्याग्दी जिल्लामा अवस्थित २२.५ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। आयोजनाका प्रवर्द्धक नरेन्द्रवल्लभ पन्तले यसलाई आफ्नो लागि हर्ष र गर्वको विषय भएको बताएका छन्।

पन्तका अनुसार यो उनीहरूको तेस्रो जलविद्युत आयोजना हो, जसले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सामाजिक सञ्जालमा आफ्नो खुशी व्यक्त गर्दै उनी भन्छन्, “म्याग्दी जिल्लामा अवस्थित २२.५ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको जानकारी साझा गर्न पाउँदा अत्यन्त हर्ष र गर्वको अनुभूति भएको छ। यो हाम्रो तेस्रो जलविद्युत आयोजना हो, जसले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।”

पन्तले आयोजना सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवाला, शेयरधनी तथा समर्पित कर्मचारीप्रति हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गरेका छन्। उनले सबैको अथक परिश्रम, प्रतिबद्धता र विश्वासले नै आयोजना सफलतापूर्वक सम्पन्न हुन सकेको उल्लेख गरेका छन्।

उनले आयोजनाको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने Citizens International Bank Limited लाई लिड बैंकका रूपमा, साथै माछापुच्छ्रे बैंक र कृषि विकास बैंकप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

त्यसैगरी, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, विद्युत नियमन आयोग तथा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूबाट प्राप्त निरन्तर सहयोग, समन्वय तथा मार्गदर्शनप्रति पनि उनले आभार प्रकट गरेका छन्।

आयोजनाको सिभिल, मेकानिकल तथा ट्रान्समिसन लाइनसम्बन्धी कार्य उच्च व्यावसायिकता र दक्षताका साथ सम्पन्न गरेकोमा Dev Urja Construction Pvt. Ltd. को टोलीलाई उनले विशेष धन्यवाद दिएका छन्।

प्राविधिक परामर्श प्रदान गर्ने क्लिन इनर्जी कन्सल्ट्याण्ट प्रा.लि.  पनि उनले आभार व्यक्त गरेका छन्। विशेषगरी मणि दाहाल र सन्तोष ढकाल को नेतृत्वमा प्राप्त प्राविधिक परामर्शको प्रशंसा गरेका छन्। साथै, वित्तीय परामर्शदाताका रूपमा योगदान पुर्‍याउने श्री नारायण पौड्याल प्रति पनि उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

त्यसैगरी, आयोजनाका गेट तथा अन्य मेटलवर्कहरू समयमै गुणस्तरीय रूपमा सम्पन्न गरेकोमा सीबीएम कम्पनीप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

पन्तले यो उपलब्धि धेरै व्यक्ति तथा संस्थाहरूको सामूहिक प्रयास, समर्पण र दृढ प्रतिबद्धताको परिणाम भएको उल्लेख गर्दै सबैप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति : शनिबार, फागुन ३०, २०८२ | १८:३३:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया