इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू
जलसरोकार
काठमाडौं– इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’ विषयअन्तर्गत १०औँ विश्व पानी सम्मेलन औपचारिकरूपमा सुरू भएको छ ।
सम्मेलनमा विश्वका धेरै देशका नेता तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको छ । १० औँ विश्व पानी सम्मेलनले जल संरक्षण, स्वच्छ पानी र सरसफाई, खाद्य र ऊर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहने बताइएको छ ।
सम्मेलनका अवसरमा बोल्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०५० सम्ममा विश्वको खाद्यान्नमा ८० प्रतिशत योगदान गरेपनि ५० करोड साना किसानहरू खडेरीको चपेटामा पर्ने अनुमान गरेका छन् । विश्व जल परिषद्का अध्यक्ष लोइक फाउचोनले पनि पानीले मानिसहरूलाई एकजुट गर्ने तर पृथ्वीलाई मानिसहरूले क्षति पुर्याएका कारण धेरै स्थानमा पानीको अभाव बढ्दै गएको बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो