रसुवागढी जलविद्युत् (१११ मेगावाट) को सबै युनिटहरुको उत्पादन परीक्षण सम्पन्न


काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लि.बाट प्रवर्द्धित १११ मे.वा. जडित क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सबै युनिटहरुको उत्पादन परीक्षण हिजो शनिबार सफलापूर्वक सम्पन्न भएको छ ।
यही मंसिर छ गते एउटा युनिटबाट विद्युत उत्पादन गरी सफलतापूर्वक राष्ट्रिय ग्रीडमा प्रसारण गरिएको थियो । अबको केही दिनपश्चात व्यापारिक उत्पादन हुने आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए ।
आयोजनाले सफलतापूर्वक परीक्षण उत्पादन गरेकोमा आयोजना प्रमुख ज्याख्वाले अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरू, प्रबन्ध निर्देशक छवि गैह्रे, कम्पनीका सञ्चालक, ठेकेदार तथा परामर्शदाता, विद्युत् प्राधिकरणका बिभिन्न कार्यालयहरु, चिलिमे जलविद्युत कम्पनी, कर्मचारी सञ्चय कोष, स्थानीय निकाय, राजनीतिक दल, सुरक्षा निकाय, जिल्ला प्रशासन, वन, लाङटाङ राष्ट्रिय निकुञ्ज, नापी, मालपोत, सञ्चारकर्मी सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

यो आयोजना २०७० माघ २१ बाट निर्माण सुरु भएको थियो । २०७२ को भूकम्प, नाकाबन्दी, हरेक बर्षको बाढी, पहिरो लगायत सर्ज टैंकको पोर्टलमा सुख्खा पहिरो गई सुरुङमा रहेका कामदारको सुरक्षा चुनौती आदिलाई पार गर्दै अघि बढेको आयोजनाले टेलरेस माथिको सतहमा भ्वाङ (Sink Hole) को समस्या पनि व्यहोर्नु परेको उनले बताए ।
आयोजनाले अत्यन्त कमजोर भौगर्भिक अवस्थाको टेलरेस सुरुङमा धेरै अध्ययन अनुसन्धान, छलफल हुँदै सुस्त गतिमा निर्माण गर्दै गर्दा कोभिड-१९ को माहामारीको सामना गर्नु परेको थिये ।
गत २०७८ असार १ मा मेलम्ची बजार डुबाएको दिन आएको भिषण बाढी (Flash Flood) टेलरेस सुरुङ हुँदै भूमिगत विद्युतगृहमा पसि जडित उपकरणहरु डुबानमा परेपछि पुनः समस्यामा परेको थियो ।
तत्पश्चात पुनः नयाँ उपकरणहरु पैठारी गरी उपकरण जडान शुरु गरिएको थियो ।

पाँच वर्षको अवधिमा जम्मा २७ वटा टावरको मात्र जग निर्माण गरी टावर पार्टस आयात गर्नपूर्व गर्नुपर्ने टावर परीक्षण समेत गर्न नसकी अत्यन्त कमजोर कार्य सम्पादन भएको थियो ।
यसका कारण १० कि.मी. लामो १३२ के.भी. प्रसारण लाइन निर्माणका ठेकेदारको ठेक्का अन्त्य गरी पुनः बोलपत्र आह्वान गरी गत २०७९ मंसिर १५ गते नयाँ ठेकेदारसँग सम्झौता गरी उक्त कार्य सम्पन्न गरिएको ज्यख्वाले उल्लेख गरेका छन् ।
गत २०८० जेठ २६ गते पानी भरेर बाँध तथा बाँधस्थलका सम्पूर्ण गेटहरुको सफल परीक्षण गरिएको थियो । पछिल्लो कार्य तालिका अनुसार गत पुस १५ गते सुरुङमा पानी पठान्तरण गर्ने र १३२ के.भी. Back Charge गर्ने तालिका रहेकोमा गत माघ ३ गते सुरुङमा पानी पठान्तरण गरी गत माघ २१ गते सबै परीक्षण सम्पन्न भएको थियो ।

उक्त समयसम्ममा पनि राष्ट्रिय प्रसारण ग्रीडबाट १३२ के.भी. Back Charge उपलब्ध हुन नसकेकोले लोड परीक्षण वाहेकका Excitation, SCC, OCC लगायतका Wet commissioning कार्य गरी गत जेठ २ गते इलेक्ट्रोमेकानिक कार्यका ठेकेदारले आफ्नो commissioning team फिर्ता लगेको उनले उल्लेख गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विशेष पहल कदमीले गत कात्तिक २५ गते आयोजनाको प्रसारण लाइन राष्ट्रिय ग्रीडमा जोडिन सफल भएको पनि ज्याख्वाले स्मरण गरेका छन् ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
देशका अधिकांश भागमा वर्षा हुने
-
मध्यपूर्वी देशहरुमा रहेका नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरी दुखसुख साटासाट गर्न कुलमान घिसिङ प्रस्थान
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन