लिङ्देनलाई कांग्रेसले भन्यो : भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सी बोकेर हिँडेको हो प्रमाणित गर्नु
जलसरोकार
काठमाडौं: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै नेपाली कांग्रेसले भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँडेको हो प्रमाणित गर्न माग गरेको छ । आईतबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न माग गरेका हुन् ।
वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले चैत १५ गतेको घटना भन्दै कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए ।
‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीबो बोत्तल बोहेर हिँड्नुभयो प्रमाणित गर्नुस्, उनले भने, होइन भने क्षमायाचना गर्नुस् । संसदको रेकर्डबाट पनि यो कुरा हटाइयोस्,’ उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना