तनहुँ जलविद्युत् : आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब
जलसरोकार
दमौली: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको
आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । हेडरेस टनेल खनेरपेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।
तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा भने खासै प्रगति भएको छैन । वन क्षेत्रका कारण विलम्ब भएको आयोजना प्रमुख भण्डारीको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो