तम्घास बजार ‘हाइ–मास्ट लाइट’ ले झिलिमिली
जलसरोकार
काठमाडौं– गुल्मीको सदरमुकाम तम्घासको विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान भएसँगै बजार उज्यालो भएको छ । रेसुङ्गा नगरपालिकाले ‘उज्यालो सहर : नागरिकको रहर’ अभियानसहित सबैभन्दा बढी चहलपहल हुने विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान गरिएको हो । तम्घास बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै बजारलाई राति पनि सुन्दर र उज्यालो बनाउनका लागि उच्च क्षमताको ‘हाइ–मास्ट लाइट’ जडान गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । अग्लो र धेरै बजार क्षेत्र समेट्ने गरी राखिएको भन्दै उनले सुन्दर शहर बनाउने उद्देश्य राखिएको बताए ।
चिदीचौर खेलमैदानको साइड, बसपार्क र उदिनढुङ्गा जीप पार्कमा ‘हाइ–मास्ट लाइट’ जडान गरेसँगै बत्ती बल्न थालेको छ । नगरपालिकाले अन्य विभिन्न मुख्य बजार क्षेत्र र चोकहरुमा पनि जडान गर्ने नगरप्रमुख पन्थीले बताए । चिदीचौरमा १६ मिटर लम्बाइ भएको पोलमा ३२०० वाट, बसपार्कमा १२ मिटर लम्बाइ भएको पोलमा २४०० वाट र जिप पार्कमा १२ मिटर लम्बाइ भएको पोलमा २४०० वाट क्षमता भएको ‘हाइ–मास्ट लाइट’ जडान गरिएको छ ।
नगरपालिकाको करिब १२ लाखको लागतमा जडानसँगै सञ्चालन ल्याइएको ‘हाइ–मास्ट लाइट’ को बजार क्षेत्रको विद्युत महसुल रेसुङ्गा नगरपालिकाले व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली बताए । यसरी रेसुङ्गा नगरपालिकाले ‘उज्यालो सहर : नागरिकको रहर’ अभियान अन्तर्गत विभिन्न मुख्य चहलपहल हुने स्थान र चोकहरुमा ‘हाइ–मास्ट लाइट’ जडान गर्दा यहाँका नागरिक अत्यन्तै खुसी भएका छन् । शान्ति सुरक्षा कायमसँगै सुन्दर र उज्यालो बजार हुने भन्दै स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?