ग्यास उद्योगी र सरकारबीच ४ घण्टादेखि वार्ता जारी, कमिसन ५ प्रतिशत पुर्याउन माग
जलसरोकार
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज विहान साढे ११ बजेबाट ग्यास उद्योगी र सरकारबीच वार्ता जारी छ । ग्यास उद्योगीले विभिन्न माग राखेर आन्दोलन घोषण गरेका थिए ।
सरकारले ग्यास उत्पादकको माग पूरा गर्ने भन्दै आन्दोलन स्थगित गरेका थिए । तर, सरकारले माग सम्बोधन नगरेको भन्दै पुनः ग्यास उद्योगीले आन्दोलन गर्ने भनेपछि हिजो र आज उद्योग मन्त्रालयमा छलफल भैरहेको छ ।
ग्यास उद्योगीसँग आपूर्ति सचिव गोविन्दबहादुर कार्कीको वार्ता भइरहेको छ । उद्योगीले ग्यासको कमिसन ५ प्रतिशत पुर्याउन माग गरेका छन् । २.७५ प्रतिशत कमिसन रहेकोमा वृद्धि गरेर ५ प्रतिशत कमिसन पुर्याउन व्यवसायीले माग गरेका छन् ।
नेपाल ग्यास उद्योगका संचालक गोकुल भण्डारीले ग्यासमा स्वचालित मुल्य प्रणाली लागू र कमिसन ५ प्रतिशत पुर्याउन माग गरेको बताए ।
सचिवले भने कमिसन वृद्धिको लागि एउटा समिति बनाउन प्रस्ताव गरेका छन् भने व्यवसायीले समितिको मिति तोकेर नै यति समयसम्म समितिले अध्ययन गरेर प्रतिवेदन मन्त्रालयमा बुझाउने समय तोक्नुपर्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी