निलम्बित एमसीसीले तीन लटका प्रसारण लाइन ठेक्का खोल्यो, रकम आउने अनिश्चित
जलसरोकार
काठमाडौं : नेपालका लागि ‘निलम्बित एमसीसी’ ले रकम अनिश्चित भइरहेका बेला ४०० केभी प्रसारण लाइनका तीन लटको ठेक्का खोलेको छ ।
अर्थ मन्त्रालयले एमसीसी निलम्बन भएको जानकारी पाँच दिन गोप्य राखी ठेक्का खोलिने अघिल्लो दिनमात्र सार्वजनिक गरेको थियो ।
अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) मार्फत सञ्चालन भएको मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपालका सारा कार्यक्रम ९० दिनका लागि निलम्बन गरेको जानकारी अर्थ मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको भोलिपल्ट यसअन्तर्गतका तीनवटा लटको ठेक्का भने खोलिएको हो ।
अमेरिकाले अर्थ मन्त्रालयलाई यही फेब्रुअरी १४ तारिख इमेल पठाइए एमसीए अन्तर्गतका कार्यक्रम ९० दिनका लागि निलम्बन गरेको जानकारी दिएको थियो । अर्थ मन्त्रालयले उक्त जानकारी पाँच दिनपछि मात्र सार्वजनिक गर्यो ।
अर्थ मन्त्रालयले निलम्बनको सार्वजनिकीकरण गरेकै भोलिपल्ट उसैको मातहतमा एमसीए नेपालले हिजो (१९ फेब्रुअरी) मा ठेक्का खोलेको हो ।
प्राविधिक प्रस्ताव बुझाएर मूल्य प्रस्ताव नबुझाएका विश्वका प्रतिष्ठित कम्पनीहरुले भने ‘आर्थिक स्रोतको टुंगो’ नभएको भन्दै ठेक्का सहभागी नहुने जानकारी एमसीएलाई गराएका थिए ।
प्राविधिक प्रस्ताव बुझाएका र मूल्य प्रस्ताव बुझाउने क्रममा रहेका केही अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीहरुले एमसीए नेपाललाई ठेक्का नखोल्न अनुरोध गरेका थिए ।
सीमित प्रतिस्पर्धाका बीच एमसीए नेपालले ठेक्का खुलाएरै छाडेकाले गतिलो कम्पनीहरु सहभागी नभएको जानकारी स्रोतले दियो ।
एमसीए नेपालले २ सय ९७ किलोमिटरको ४०० केभी प्रसारण लाइनको ठेक्का तीनवटा लटमा गराएको थियो । लट १ (क) मा लप्सीफेदी-रातामाटे, (ख) मा रातामाटे-न्यू हेटौंडा, लट २ मा रातामाटे-दमौली र लट ३ मा न्यू दमौली-न्यू बुटबल छन् ।
लट १ मा पाँचवटा कम्पनीको प्रस्ताव परेको छ । लट २ मा ४ र लट ३ मा तीनवटा ठेकेदार कम्पनीका प्रस्ताव परेका छन् ।
लट १ मा आशिष निर्माण एण्ड बोल्जार जेभी (नेपाली) ले १६ करोड १४ लाख, सनगुन-सलासर जेभी (नेपाली) ले ११ करोड १५ लाख, एसआर-आरए इनर्जी एण्ड सारा टेक्नोलोजी जेभी (टर्किस) ले १४ करोड ९८ लाख र ट्रान्सरेल लाइटिङ लिमिटेड (भारतीय) ले १२ करोड १९ लाख डलरमा ठेक्का हालेका छन् ।
त्यसैगरी लट २ मा एन्जेलिक-स्कीप्पर (भारतीय) ले ७ करोड ८९ लाख, वाइवा-सालासार जेभी (नेपालीं) ले ७ करोड ७० लाख, र ट्रान्सरेल लाइटिङ लिमिटेड (भारतीय) ले १० करोड ७३ लाख डलरमा ठेक्का हालेका छन् ।
लट ३ मा एन्जेलिक-स्कीप्पर (भारतीय) ले ७ करोड ८९ लाख, वाइवा-सालासार जेभीले ७ करोड ७० लाख र ट्रान्सरेल लाइटिङ लिमिटेड (भारतीय) ले१० करोड १४ लाख डलर हालोका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
-
नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन
-
आगामी बजेटलाई परिणाममुखी बनाउन योजना आयोगको ‘चेकलिस्ट’, मन्त्रालयसँग प्रारम्भिक छलफल सुरु
-
सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
चट्याङपछि अवरुद्ध विद्युत् सेवा पुनः सुचारु
-
एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने