अर्थ मन्त्रालयले निलम्बनको सार्वजनिकीकरण गरेकै भोलिपल्ट उसैको मातहतमा एमसीए नेपालले हिजो (१९ फेब्रुअरी) मा ठेक्का खोलेको हो ।
प्राविधिक प्रस्ताव बुझाएर मूल्य प्रस्ताव नबुझाएका विश्वका प्रतिष्ठित कम्पनीहरुले भने ‘आर्थिक स्रोतको टुंगो’ नभएको भन्दै ठेक्का सहभागी नहुने जानकारी एमसीएलाई गराएका थिए ।
प्राविधिक प्रस्ताव बुझाएका र मूल्य प्रस्ताव बुझाउने क्रममा रहेका केही अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीहरुले एमसीए नेपाललाई ठेक्का नखोल्न अनुरोध गरेका थिए ।
सीमित प्रतिस्पर्धाका बीच एमसीए नेपालले ठेक्का खुलाएरै छाडेकाले गतिलो कम्पनीहरु सहभागी नभएको जानकारी स्रोतले दियो ।
एमसीए नेपालले २ सय ९७ किलोमिटरको ४०० केभी प्रसारण लाइनको ठेक्का तीनवटा लटमा गराएको थियो । लट १ (क) मा लप्सीफेदी-रातामाटे, (ख) मा रातामाटे-न्यू हेटौंडा, लट २ मा रातामाटे-दमौली र लट ३ मा न्यू दमौली-न्यू बुटबल छन् ।
लट १ मा पाँचवटा कम्पनीको प्रस्ताव परेको छ । लट २ मा ४ र लट ३ मा तीनवटा ठेकेदार कम्पनीका प्रस्ताव परेका छन् ।
लट १ मा आशिष निर्माण एण्ड बोल्जार जेभी (नेपाली) ले १६ करोड १४ लाख, सनगुन-सलासर जेभी (नेपाली) ले ११ करोड १५ लाख, एसआर-आरए इनर्जी एण्ड सारा टेक्नोलोजी जेभी (टर्किस) ले १४ करोड ९८ लाख र ट्रान्सरेल लाइटिङ लिमिटेड (भारतीय) ले १२ करोड १९ लाख डलरमा ठेक्का हालेका छन् ।
त्यसैगरी लट २ मा एन्जेलिक-स्कीप्पर (भारतीय) ले ७ करोड ८९ लाख, वाइवा-सालासार जेभी (नेपालीं) ले ७ करोड ७० लाख, र ट्रान्सरेल लाइटिङ लिमिटेड (भारतीय) ले १० करोड ७३ लाख डलरमा ठेक्का हालेका छन् ।
लट ३ मा एन्जेलिक-स्कीप्पर (भारतीय) ले ७ करोड ८९ लाख, वाइवा-सालासार जेभीले ७ करोड ७० लाख र ट्रान्सरेल लाइटिङ लिमिटेड (भारतीय) ले१० करोड १४ लाख डलर हालोका छन् ।