सूर्यकुण्ड हाइड्रोको आइपिओ सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौँ : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणका लागि आज (आइतबार) बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ वितरण गरिसकेको थियो । दोस्रो चरणमा बाँकी सेयर सर्वसाधारणलाई उपलब्ध गराइएको हो ।
कम्पनीको जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गरिएको छ । यसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो।
दोस्रो चरणमा कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ४८ हजार २७७ कित्ता सेयर बाँकी रहेको छ, जसलाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो। बाँकी सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन माघ २१ गतेसम्म खुला रहनेछ । यदि सम्पूर्ण सेयरको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन ३ गतेसम्म लम्बिनेछ ।
कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
आइपिओको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय वा ’मेरो सेयर अनलाइन’ मार्फत आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता